ओलीले बालेन्द्रलाई दिए तबला उपहार



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच भेटवार्ता भएको छ । अध्यक्ष ओलीकाे आमन्त्रणमा मेयर बालेन उनलाई भेट्न  हिजाे निजि  निवास बालकोट पुगेका  थिए । भेटमा ओलीले युवाहरु राजनीतिमा अगाडि आउनु धेरै राम्रो भएको भन्दै मेयर साहको प्रशंसा गरे । ओलीले मेयर साहको गीतमा टिप्पणी पनि गरे ।

उनले बालेनलाई भने,‘मैले तपाईंको गीतहरु सुनेको छु । राम्रो लाग्यो । तर तपाईले सबै नेताहरु चोर हुन्छन् भन्नुभएको छ । केही नेताहरु हुन्छन्, तर सबै नेताहरु हुदैनन् । गीतमा बाेल्दा सँधै सत्य बोल्नुपर्छ ।’

बालेनले ओलीको घरमा तबला देखेपछि तपाई बजाउनुहुन्छ ? भनेर सोधेका थिए ।  ओलीले सकारात्मक जवाफ दिए । बालेनले ‘मेरो पनि घरमा थियो, तर बिग्रेको छ’ भनेपछि ओलीले ‘यही लैजानुस भनेर तबला उपहार दिए । ओली र बालेनको यो दोस्रो भेट हो । यसअघि स्थानीय चुनावकाे मतगणनाकाे क्रममा नै बालेनले ओलीलाई बालकाेटमै गएर भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...