४० प्रतिशत केन्द्रीय सदस्य सहित जसपा फुटउदै बाबुराम



हाम्रो इकोनोमि

 

उपेन्द्र यादवले डा. बाबुराम भट्टराईसँग अघि बढ्न इच्छा नदेखाई एक्लै चलेपछि सत्ता गठबन्धनको चौथो ठूलो दल र स्थानीय निर्वाचनबाट समेत देशकै चौथो दल बनेको जनता समाजवादी पार्टी औपचारिक विभाजनमा गएको छ । सोमबार एकैदिन उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षका अलग-अलग बैठक बसेसँगै जसपा विभाजनमा गएको हो ।

डा. बाबुराम भट्टराईले बोलाएको संघीय परिषद्को बिस्तारित बैठकमा २३० जना केन्द्रीय सदस्य सहभागी भएको जसपा नेता विश्वदीप पाण्डेले जानकारी दिए । ४९९ सदस्यीय केन्द्रीय समितिका २३० जना बाबुरामतिर खुलेको दाबी पाण्डेको छ । यो भनेको जसपाको विभाजनका लागि कानूनबमोजिमको ४० प्रतिशतभन्दा बढी हो । संसदीय दलमा पनि आफूहरुको ४० प्रतिशत पुग्ने दाबी बाबुराम निकट नेताहरुको छ ।

सोमबारको बैठकमा भने बाबुराम र महिन्द्र राय यादव दुईजनामात्र सांसद सहभागी छन् । कतिपय उपेन्द्रसँग असन्तुष्ट नेताहरु पर्ख र हेरको अवस्थामा छन् भने समानुपातिक सांसदहरुको पद उपेन्द्रले खोस्ने डरले खुल्न सकेका छैनन् ।बाबुरामको पक्षमा जसपाका २० मध्ये १० जना सांसद रहेको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...