कहाँ छन श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्री



 

 

श्रीलंकामा दसौं हजार नागरिक सडकमा ओर्लिएर प्रदर्शन गर्न थालेपछि राष्ट्रपति गोटाबाया राजापाक्षे र प्रधानमन्त्री रणिल विक्रमासिंघे आफ्नो निवास छाडेर सुरक्षित स्थानतर्फ जानुभएको छ ।

प्रदर्शनकारीले राष्ट्रपति राजापाक्षेको निवास कब्जा गरिरहँदा राजापाक्षे भने अज्ञात स्थानमा सुरक्षित रूपमा बसेको भनिएको छ । यस्तै प्रधानमन्त्री विक्रमासिंघे राजधानी कोलम्बोबाट नजिकै तर सुरक्षाकर्मीहरूबाट संरक्षित स्थानमा बसेको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

शनिबार बिहान ठूलो संख्यामा प्रदर्शनकारीहरू राष्ट्रपतिको निवास घेराउ गर्न त्यसतर्फ लम्कनुअघि नै प्रहरीले भने कर्फ्यू घोषणा गरिसकेको थियो । तर उक्त कर्फ्यूको कुनै प्रभाव देखिएन । शुक्रबार राति अवेर कर्फ्यू घोषणा गरेसँगै राष्ट्रपतिलाई सुरक्षाकर्मीहरूले नै कोलम्बोमा रहेको निवासबाट भाग्ने बन्दोबस्त मिलाएका थिए ।

स्थानीय मिडियाका अनुसार गोटाबाया भाइ पूर्वराष्ट्रपति एवं पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षेले राष्ट्रपति छँदा आफ्नै सुरक्षाका लागि तयार पारेको बंकरमा लुकेको हुनसक्ने कतिपयको आँकलन छ । जहाँबाट गोटाबायाका लागि कोलम्बो बन्दरगाह हुँदै नौसेनाको शिविरमा लगिएको हुनसक्ने बताइएको छ ।

महिन्दाले आफू राष्ट्रपति छँदा नै नौसेना शिविरमा हातहतियारसहित कडा सुरक्षा व्यवस्था तयारी अवस्थामा राख्ने गर्नुभएको थियो । महिन्दाका सहयोगीको रुपमा काम गरिसकेका विश्लेषक कुसल परेरले अलजजिरालाई दिएको एक अन्तर्वार्तामा भन्नुभएको छ, ‘मलाई लाग्छ गोटाबाया राजपाक्षेलाई भूमिगत बंकरबाट नजिकैको श्रीलंका नौसेना शिविरमा लगिएको हुनसक्छ । त्यसपछि सुरक्षासँगै नौसेनाले अर्को ठाउँमा लगेको हुन सक्छ।’

यद्यपि उक्त युद्धपोत हाल कुन स्थानमा हुनसक्छ भन्ने अधिकांशले आकलन गर्न नसक्ने उहाँको भनाई छ । कतिपय विज्ञहरूले भने सैन्य उच्च स्रोतको हवाला दिँदै गोटाबाया यतिबेला समुद्रमा नौसेनाको जहाजमा रहेको दाबी गरेका छन् । अलजजिरामा प्रकाशित रिपोर्टमा राष्ट्रपतिको गोप्य स्रोतको हवाला दिँदै भनिएको छ, ‘गोटाबाया श्रीलंकाको सीमा नजिककै जहाजमा हुन सक्छन् । तर अवस्था खराब बन्दै गयो भने उनी देशबाटै भाग्ने तयारीमा छन् ।’

 

सोमबार सुरक्षा अधिकारीहरूको बैठक तय गरिएको थियो । जहाँ अन्य नेताहरूको सुरक्षा व्यवस्था कसरी गर्ने भन्ने पनि एजेन्डामा थियो । यद्यपि उनीहरूले राष्ट्रपति कहाँ छन् भन्नेबारे कुनै छलफल गर्ने योजना नरहेको सुरक्षा अधिकारीहरू बताउँछन् । सुरक्षा अधिकारीहरू राष्ट्रपति अहिले कहाँ छन् सोध्नु नै अनुपयुक्त प्रश्न भएको बताउँछन् ।

श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीको चासोसहित सामाजिक सञ्जालमा अडकलवाजी गर्ने काम भने रोकिएको छैन् । राष्ट्रपतिको निवास घेराउ गरेकै दिन सामाजिक सञ्जालमा दुईवटा नौसेनाका जहाजहरूमा हतारमा सामान लोड गर्दै गरेको दृश्य भाइरल नै बनाइएको थियो । जसले गर्दा पनि उनी देशबाहिर भाग्ने योजनामा समुद्रतिर सैन्य सुरक्षामा रहेको आकलन गर्न सक्ने आधार छन् । तैपनि ठ्याक्कै कहाँ र कसरी बसिरहेका छन् भनेर अहिलेसम्म कसैले भन्न सकेको छैन ।

प्रधानमन्त्री विक्रमासिंघे आफ्नो पुरानो घरमा आगलागी भएसँगै बाक्लो सुरक्षाबीच नियमित कामकारबाही गरिरहेको बताइएको छ । सोमबार बिहान एक बैठकमा अरु मन्त्रीहरूले पनि राजीनामा दिन सहमति जनाएपछि विक्रमासिंघेले राजीनामा दिएर सर्वदलीय सरकार बनाउन तयार रहेको बताउनुभएको थियो ।

टेम्पल ट्रीज नाम गरिएको उनको सरकारी निवासलाई पनि प्रदर्शनकारीले कब्जा जमाएपछि उहाँ त्यसभन्दा बाहिर सुरक्षित स्थानमा बसिरहेको समाचार छ । तर उहाँ बसेको स्थान पनि सार्वजनिक गरिएको छैन । मन्त्रीसहित उच्च अधिकारीहरू प्रधानमन्त्री कहाँ बसिरहन्छन् भन्ने महत्त्वपूर्ण नभएको बरु उहाँले आफ्नो काम नियमित गरिराखेको महत्त्वपूर्ण रहेको बताएका छन ।

यसैबीच प्रधानमन्त्री कार्यालयले एक विज्ञप्तिमा राजापाक्षेले जुलाई १३ मा आफ्नो राजीनामा औपचारिक रुपमा घोषणा गर्ने जनाइएको छ । यसबीचमा राष्ट्रपति र प्रधामन्त्रीबीच पनि राजनीतिक द्वन्द्व देखिएको छ । विज्ञहरूका अनुसार प्रधानमन्त्री विक्रमासिंघे नै राष्ट्रपतिको राजीनामाको पर्खाइमा छन् । र राष्ट्रपति पदमा उनी स्वयं बन्न खोजिरहेको बताइन्छ ।

श्रीलंकाको संविधान अनुसार यदि राष्ट्रपतिले राजीनामा दिएमा प्रधानमन्त्री स्वत अर्को अवस्था नभएसम्मका लागि कार्यवाहक राष्ट्रपति बन्नेछ । तर राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा दिएको अवस्थामा सभामुखले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न पाउनेछ ।

आर्थिक संकटले राजनीतिक संकट निम्त्याएको श्रीलंकाका सडकमा आगो बलिरहँदा ५ पटक प्रधानमन्त्री बनेका विक्रमासिंघे फेरि सत्ताको शिखरमै अडिरहन चाहनुभएको छ ।

कसले गरिराखेको छ आन्दोलनको नेतृत्व ?

२ करोड २० लाख नागरिक रहेको श्रीलंकाको अर्थतन्त्र जसरी ध्वस्त बन्यो राजनीतिक अवस्था पनि उसैगरी संकटमा फसिसकेको छ । त्यसो त एक वर्ष लामो संघर्षको मैदानबाट नयाँ वा वैकल्पिक शक्तिसमेत उदाउन सकिरहेको छैन ।

प्रदर्शनकारीहरू स्वतस्स्फुर्त रूपमा सडकमा ओर्लिन्छन् । र नेताका निवास तोडफोड र आगजनी गरिदिन्छन् । आन्दोलनको यो लामो श्रृंखलामा युवाहरूको पर्याप्त उपस्थिति छ । यद्यपि सडकमा दसौं हजार नागरिकको प्रदर्शनलाई अगुवाइ र व्यवस्थापन गर्ने नेतृत्व भने खड्किरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
पाथीभरा दर्शन केवलकार निर्माण शिलान्यास कार्यक्रममा झडप

    ताप्लेजुङको फुङ्लिङ नगरपालिका- १० काफ्लेपाटीमा स्थानीयबीच झडप भैरहेको छ । पाथीभरा

म आफैं अदालत उपस्थित हुन्छु : मनाङे

    गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले सर्वोच्च अदालतवाट

ऊर्जा राज्यमन्त्री तामाङ कै कम्पनी कालोसूचीमा

    प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्सट्रक्सनसहित एक दर्जन

हेटौंडा १२ मा एमालेका उम्मेदवार राजेश नगरकोटीले जित्ने बजार हल्ला

     निर्वाचन आयोगले रिक्त स्थानमा मंसीर १६ गते उपनिर्वाचन गर्ने तयारी थालेपछि