यी हुन पुर्वअर्थमन्त्री जनार्दनका १२ अपराध



हाम्रो इकोनोमि

 

 

अर्थमन्त्री जनार्दन शर्माबाट अर्थ मन्त्रालयले बुधवारदेखि मुक्ति पाएको छ । अनधिकृत मानिस मन्त्रालय भित्र्याएर बजेटमै करको दर हेरफेर गरेपछि अर्थमन्त्री शर्मामाथि राजीनामाको दवाव परिरहँदा सिसीटीभी फुटेज मेटाएपछि कलंकको टीका लगाएर सिंहदरवारबाट बिदा हुनु परेको छ ।

शर्माले राजीनामा दिएपनि उहाँले देशबिरुद्ध गरेको अपराधक्षमा दिन योग्य नरहेको मन्त्रालयकै बरिष्ठ कर्मचारीहरु बताउन थालेका छन ।

 

यस्ता छन शर्माका १२ अपराध

१.बजेटको अघिल्लो मध्यरात अनधिकृत व्यक्तिलाई मन्त्रालय प्रवेश गराएर करका दर हेरफेर

२. अनधिकृत व्यक्तिलाई सरिक बनाएको विषयमा प्रश्न उठेपछि प्रमाण मेटाउन सीसीटीभी फुटेज नै गायब

३. अछाम घर भएका पृथ्वी शाह, परिवार र कम्पनीका नाममा विदेशबाट आएको शंकास्पद रकम निकासा दिन राष्ट्र बैंकलाई अनधिकृत निर्देशन

४. शंकास्पद रकम खुलाउन अर्थमन्त्री नै सक्रिय भएको समाचार सार्वजनिक भएपछि उल्टै गभर्नरमाथि छानबिन र निलम्बन

५. सिमेन्टदेखि स्टिलसम्मका उद्योगमा आउने ठूला लगानीको आयस्रोत नखोजिने विवादास्पद व्यवस्था

६. ठूला स्टिल उद्योगले प्रयोग गर्ने स्पन्ज आइरन आयातमा शून्य कर, बिलेट मगाउने साना उद्यमी मर्कामा

७. निजी जलविद्युत् आयोजनालाई विभिन्न शीर्षकमा २१ वर्षसम्म कर छुट

८. एसेम्बल गरी यातायात साधन उत्पादन गर्ने कम्पनीलाई कर छुट, तर उपभोक्तालाई आयात बराबरकै मूल्य

९. हिमालयन पुनर्बिमा कम्पनीलाई लाभ दिने नीति

१०. जग्गा हदबन्दी खुला गरी ठूला कारोबारीलाई प्रोत्साहन

११. विद्युतीय सवारीसाधनमा अन्तःशुल्क तथा भन्सार वृद्धि

१२. सेनिटरी प्याड, पाम तेल, विद्युतीय तारमा विदेशबाट आयात हुने सामग्रीमा भन्सार छुट, स्वदेशी उद्योगलाई बढी कर

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...