अर्थमन्त्रीमाथि छानविन गर्न विशेष समिति गठन



हाम्रो इकोनोमि

 

 

अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न संसदीय विशेष समिति गठन भएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले दलहरूबाट प्राप्त संसदीय छानबिन समितिका ११ जनाको नाम प्रस्ताव गरेका थिए।

अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्ति लगेर करका दर हेरफेर गरेको आरोप छ। अर्थमन्त्री शर्माबारे छानबिन गर्न संसदीय छानबिन समितिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट चार जना सांसद रहेका छन्।

एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक सदस्य छन्। यो समितिमा नेपाली कांग्रेसबाट पुष्पा भुसाल गौतम र सीताराम महतो, नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरूङ र शक्तिबहादुर बस्नेत रहनेछन्। यस्तै नेकपा एकीकृत समाजवादीकी सरलाकुमारी यादव, जसपाका सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छानबिन समितिमा छन्। सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विशेष छानबिन समिति गठन भएको बताए।

अर्थमन्त्रीले अनधिकृत व्यक्ति ल्याएर करका दर हेरफेर गरेको खबर सञ्चार माध्यम र संसदमा समेत उठेकोले यसबारे सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको सभामुख सापकोटाले बताए।

अर्थमन्त्री शर्माले भने आज संसदमा बोल्दै स्थापित मान्यता र विधिका आधारमा बजेट बनाएको दाबी गरेका थिए। ‘छानबिन गर्न समिति बनेको छ, छानबिन गरोस्,’ उनले भने, ‘बजेट निर्माणमा मैले त्रुटि गरेको छैन।’ आधिकारिक व्यक्तिबाट बजेट निर्माण भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...