झलनाथ खनालपनि अर्थमन्त्रीबिरुद्ध लागे



हाम्रो इकोनोमि

 

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अर्थमन्त्रीमाथि उठेका प्रश्नको जवाफ माओवादी केन्द्रले दिनुपर्ने बताएका छन् । बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले अर्थमन्त्रीका विषयमा धेरै कुरा उठिसकेपछि सम्बन्धित पार्टी र स्वयं अर्थमन्त्रीले यस विषयमा जवाफ दिनुपर्ने औंल्याए ।

‘यस्ता सवालमा कसैले हेलचेक्रयाइँ गर्न हुँदैन । गल्ती कमजोरी भए सम्बन्धित व्यक्तिले नै जिम्मेवारी लिनुपर्छ । घटनाका विषयमा निष्पक्षरूपमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ यदी सत्य भए अर्थमन्त्रीले राजीनामा दिनुपर्छ’, नेता खनालले भने । अर्थमन्त्रालयमाथिको घटना निकै गम्भीर विषय भएकाले यस्ता घटनाले धेरै कुरामा प्रश्न उठ्ने खनालको तर्क छ । खनालले सवै विषयको उचित समाधान निकाली सदनलाई सहज रूपमा सञ्चालन गर्न दिने वातावरण बनाउन पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...