अर्थमन्त्रीको बर्खास्त एमालेको बटमलाइन : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थमन्त्रीले राजीनामा गर्नुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने एमालेको बटमलाइन भएको बताएका छन् । बुधवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले बजेट निर्माण गर्दा बाह्य व्यक्ति प्रवेश गराएर राष्ट्रघाती काम गरिएको भन्दै अर्थमन्त्री पदमा रहिरहन नमिल्ने समेत बताए ।

उनले सरकारी डकुमेन्ट गायब बनाएको र सिसिटिभी फुटेज समेत मेटाइएकाले अर्थमन्त्रीको नियत खराब देखिएको तर्क गरे । उक्त घटनाका विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने आफूहरूको अर्को माग गरेको उनको भनाई छ । उनले छानबिन समिति गठन भए पनि अर्थमन्त्री पदमा बस्न नमिल्ने धारणा राखे । त्यस्तै उनले सिसिटिभी फुटेजलाई मेटाउने अर्थमन्त्रालयका अन्य व्यक्तिलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...