एमालेले गठन गर्यो २७ वटा केन्द्रीय विभाग गठन : कुनबिभागमा को ? (सूचीसहित)



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) ले २७ वटा केन्द्रीय विभाग गठन गठन गरेको छ । ती विभागमा प्रमुख, उपप्रमुख तोकिनुका साथै १३ विभागका सचिव मनोनयन भएका छन् । एमाले केन्द्रीय प्रचार बिभागका अनुसार हालसम्म ३५ सदस्य रहने विभागमा केही सदस्यहरू मनोनयन भइसकेका छन् भने आवश्यकतानुसार विधान बमोजिम सदस्य मनोनयन गरी विभागलाई पूर्ण बनाउने गरिएको छ ।

पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकबाट केन्द्रीय पदाधिकारी तथा केन्द्रीय कमिटी सदस्यहरूलाई विभागको प्रमुख र उपप्रमुखको जिम्मेवारी दिइएको थियो भने २०७९ असार १९ गते बसेको सचिवालय बैठकले १३ सचिव चयन गरेको हो ।

सो

अनुसार, स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली, उपप्रमुख ईश्वरी रिजाल र सचिवमा पेम्वा लामा हुनुहुन्छ । त्यस्तै सदस्यहरू घनश्याम कोइराला, पुरुषोत्तम न्यौपाने, टीका ढकाल, रामशरण प्याकुरेल, इन्दिरा पन्त, वाई.पी आचार्य, तत्वप्रसाद तिम्सिना, हिमबहादुर क्षेत्री हुनुहुन्छ ।

 

 

प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ, उपप्रमुख विष्णु रिजाल, र सचिव गगन विष्ट रहनुभएको छ । सदस्यहरू प्रमोद दाहाल, गणेश बस्नेत, निर्मला शर्मा, उजिर मगर, चेतन अधिकारी, रोशन खड्का, महेश दास र टीका विष्ट हुनुहुन्छ ।

वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुख विष्णु रिमाल र सचिवमा डा.भीष्म अधिकारी हुनुहुन्छ । त्यस्तै सदस्यहरूमा विनाकुमारी श्रेष्ठ, राजेश बज्राचार्य, लोकबहादुर भण्डारी रहनु भएको छ ।

संगठन विभाग प्रमुख खगराज अधिकारी हुनुहुन्छ भने सदस्यहरूमा देवराज घिमिरे, ज्वालाकुमारी साह, काशीनाथ अधिकारी, जगतबहादुर बिक सुनार, लीला गिरी, यामलाल कँडेल, कर्णबहादुर थापा, भानुभक्त ढकाल र सचिवमा सम्झना देवकोटा रहनुभएको छ ।

 

स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र दहाल, उपप्रमुखमा प्रभा बराल र सचिवमा हर्कराज राई हुनुहुन्छ । त्यसैगरी सदस्यहरूमा होमनारायण श्रेष्ठ, अशोक व्याञ्जु, नवराज गेलाल, प्रेम गिरी, हरि उप्रेती, कृष्णबहादुर डल्लाकोटी, शिवसुन्दर राजभण्डारी, वासुदेव घिमिरे, विकिरण गौतम, खगेन्द्र कार्की, कृष्णप्रसाद जैशी, पार्वता तिवारी र सुनिता डंगोल रहनु भएको छ ।

युवा तथा खेलकूद विभाग प्रमुख लीलबहादुर थापा मगर हुनुहुन्छ भने सदस्यहरूमा कालीबहादुर घर्ती, गणेशलाल कक्षपति, मेघराज पौडेल, प्रनिर अधिकारी, गोबिन्द भट्टराई, लक्ष्मणकुमार शर्मा, पशुपति अधिकारी, सुवर्ण केसरी श्रेष्ठ, कृष्णराज पौडेल (संजाल शर्मा), शुक्र पाख्रिन, योगेश भट्टराई, मदन उपे्रती, तेजेन्द्र थापा, हरिमदन अधिकारी, कमल चौधरी, परशुराम बस्नेत, क्षितिज थेवे, अमित लामा, रमेश आचार्य, धु्रब आचार्य, सन्तोष रावल र अञ्जना अधिकारी हुनुहुन्छ ।

पुस्तकालय तथा अभिलेख विभाग प्रमुख ममता गिरी हुनुहन्छ भने सदस्यहरूमा रामचन्द्र बोहरा, ओमबहादुर खड्का, सागराज सुवेदी, गीता थापा र सुरज अधिकारी रहनुभएको छ ।

सामाजिक सेवा तथा समाजकल्याण विभाग प्रमुखमा जुलीकुमारी महतो हुनुहुन्छ भने सदस्यहरूमा तिलोतम पौडेल, रीतु भट्टराई, अच्युतम अर्याल, पुस्कर खाती, जगत बस्नेत, यादव घतानी, जगदीश अधिकारी, निर्मला धिताल,डम्बर हमाल, चरिमाया तामाङ, उज्जैन सिंह, राजेन्द्र बोहरा र सतिश शर्मा रहनु भएको छ ।

राष्ट्रिय हित र सुरक्षा विभाग प्रमुखमा परशुराम मेघी गुरुङ र उपप्रमुखमा चुडादेव सिंह लामा हुनुहुन्छ । सदस्यहरूमा डा. जगत बस्नेत, डा. निलमशेखर अधिकारी, कोषराज गिरी, ज्ञानेन्द्रसिंह लामा, तेसबहादुर तामाङ, पूर्णप्रसाद पाण्डे, तुलसीराम कार्की, विनोद पाण्डे रहनुभएको छ ।

संघीय मामिला तथा प्रशासन विभाग प्रमुखमा किरण गुरुङ र सचिवमा शिव गुरूङ हुनुहुन्छ । सदस्यहरू झलक सुवेदी, भिकेशर वली, माधव बास्तोला, पी. बिडारी, महेश खरेल, नरकुमारी गुरुङ, पुण्य ढकाल, लेखनाथ कोइराला र केदार देवकोटा रहनुभएको छ ।

अर्थ तथा योजना विभाग प्रमुखमा घनश्याम भुसाल र सचिवमा योगेन्द्र शाही हुनुहुन्छ । सदस्यहरूमा प्रा.डा. रामचन्द्र आचार्य, एम. अधिकारी, डा. रामचन्द्र भट्टराई, ई. देउकाजी गुरुङ, केशरबहादुर साउद, डिल्ली उपे्रती, प्रा.डा. महेश दाहाल र तिलचन्द्र भट्टराई हुनुहुन्छ ।

खानेपानी तथा सरसफाई विभाग प्रमुखमा झपटबहादुर रावल र सदस्यहरूमा ईन्द्रबहादुर तामाङ, गोकर्ण ढुंगाना, राज काफ्ले, दीपक अधिकारी, देवेन्द्र रावल, गोकुल पौडेल, शालिकराम भण्डारी, शान्ता बस्याल, सन्तोष आचार्य, राजनराज पाण्डे र एल उपाध्याय हुनुहुन्छ ।

सामाजिक सेवा विभाग प्रमुखमा पार्वत गुरुङ र सचिवमा डा.नेत्र तिम्सिना हुनुहुन्छ । सदस्यहरूमा मीनबहादुर शाही, रामप्रसाद सुवेदी, जीतराम लामा, अर्जुन भट्टराई, डा. पदमप्रसाद खतिवडा, विदुर सुवेदी, डा. योगेश गुरुङ, डा. डम्बर चेम्जोङ्ग, डा. विमला राई पौडेल, सुरेश गौतम,अशोक सि, सम्झना पौडेल, शिव थापा, डा. तीर्थ रेग्मी रहनुभएको छ ।

परराष्ट्र मामला विभाग प्रमुखमा डा. राजन भट्टराई, उपप्रमुखमा कृष्ण केसी र सचिवमा अञ्जान शाक्य हुनुहुन्छ । त्यस्तै सदस्यहरू उदयराज पाण्डे, डा. नारद वाग्ले, गोपाल खनाल, पूर्णशोभा चित्रकार, डा. दिपेन्द्र श्रेष्ठ,डा. कुशेन्द्र महत, मिलन धरेल, बालकृष्ण कट्टेल, मात्रिका पौडेल, विष्णुहरी पाण्डे, डा. निर्मल वि.क., उषाकिरण भण्डारी, ईच्छापूर्ण राई, डा. करण ठगुन्ना, डिमप्रकाश पौडेल, डा. केशव सुवेदी, गौरव भट्टराई, चित्र दाहाल, सुदीप सापकोटा, हरिप्रकाश चन्द, एल. शर्मा, चन्द्रलाल गिरी र लक्की शेर्पा रहनुभएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति विभाग प्रमुखमा मोतीलाल दुगड र उपप्रमुखमा दुर्गा प्रसाईँ हुनुहुन्छ । सदस्यहरूमा सुन्दर भुसाल, मुकेश उपाध्याय, रवीन्द्र पाण्डे, सीताराम अग्रवाल, ललित अग्रवाल, पाल्देन छोपाङ, किशोर प्रधान, मदन अधिकारी, विजयकुमार लोहिया, डिवी बस्नेत, मदनलाल अग्रवाल मित्तल, शोभा गुरूङ, लता प्याकुरेल र बाबुराम रानाभाट रहनुभएको छ ।

सहकारी तथा गरिवी निवारण विभाग प्रमुखमा कमल चौलागाईं र उपप्रमुखमा अमृता सुब्बा हुनुहुन्छ । सदस्यहरूमा रमेश पोखे्रल, के.बी. उपे्रती, डीबी बस्नेत, परितोष पौडेल, खेमबहादुर पाठक, टेकप्रसाद चौलागाईं, भीम तुलाचन, भुवनविक्रम घिमिरे, रामचन्द्र उपे्रती, महेन्द्र गिरी, मीना ढकाल, शान्ती अधिकारी, सरिता भट्टराई, देवराज पराजुली, विश्वनाथ मण्डल, शम्भु गुप्ता, केशव पोखे्रल, डा. खगराज शर्मा, हरिहरनाथ योगी, रामबहादुर जिसी, खेम सुवेदी, रामशरण शर्मा, जिवछराज खड्का र ज्ञानबहादुर तामाङ रहनुभएको छ ।

शिक्षा विभाग प्रमुख गुरु बराल र उपप्रमुख जगन्नाथ थपलिया हुनुहुन्छ । सदस्यहरूमा प्रा.डा. गणेशमान गुरुङ,प्रा.डा. यादव प्रकाश लामिछाने,चैतन्य शर्मा, रमेश सिलवाल, पितकुमार श्रेष्ठ, इन्दिरा श्रेष्ठ, कपिल सुवेदी, दीपेन्द्र भण्डारी, प्रा.डा. बेदराज केसी, डा. डा. गौतम र युवराज सिवाकोटी रहनुभएको छ ।

कृषि तथा पशुपन्छी विभाग प्रमुखमा गिरीधारीलाल न्यौपाने र उपप्रमुखमा बालिका गिरी हुनुहुन्छ । सदस्यहरूमा प्रा.डा. कल्याणी मिश्र, दमराज शाक्य, पे्रमनारायण अधिकारी, कृष्ण अधिकारी, माया केसी, सरिता भुसाल, धर्मराज अधिकारी, गोवद्र्धन गौली, बाबुराम थापा, जीवन्ती पौडेल, ईश्वरी कडरिया, केशव प्रेमी, चुलुराम चौधरी , शशी पौडेल र डा.गोकर्ण अर्याल रहनुभएको छ ।

संसदीय विभाग प्रमुखमा डा. शिवमाया तुम्वाहाङ्फे र सचिवः डा.सूर्य पाठक हुनुहुन्छ । सदस्यहरूमा खिमलाल भट्टराई, विशाल भट्टराई, पार्वती रावल, शान्ता चौधरी, नारायण मरासिनी, गणेशसिंह ठगुन्ना, सरिता न्यौपाने, विमला विश्वकर्मा, भैरवसुन्दर श्रेष्ठ, देवेन्द्र दाहाल, राजबहादुर बुढाक्षेत्री र कृष्णभक्त पोखरेल हुनुहुन्छ ।

पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन विभाग प्रमुखमा भीम आचार्य र उपप्रमुखमा भीम केसी हुनुहुन्छ । सदस्यहरूमा घनेन्द्र श्रेष्ठ, कृष्णकुमार अर्याल, राजेन्द्रप्रसाद सापकोटा, रमेश कुँवर, बद्री अधिकारी, सुकुमाया लामा, लक्ष्मी कार्की, पूर्णबहादुर कुँवर, जया बराल, चेतनारायण पाण्डे, कृष्ण चौधरीे, सञ्जीव गौतम, लंकबहादुर शाही, सुमनप्रसाद पराजुली, परमानन्द भण्डारी, बलिराम दाश, टीका गुरुङ, सिताराम सापकोटा, विजय नेपाल, डा. आलोक प्रसाईं, गंगा आचार्य, सोनाम ग्याल्जेन शेर्पा, नरेश भट्टराई, सिर्जना शर्मा र गोकुल लामिछाने रहनुभएको छ ।

उपभोक्ता हित संरक्षण तथा सुशासन विभाग प्रमुखमा यज्ञराज सुनुवार र सचिवमा मोहिनी खनाल हुनुहुन्छ । सदस्यहरूमा कुमारी खरेल, कुयाङछुयाङ दोर्जे लामा, चित्तप्रसाद दाहाल, ज्योती बानियाँ, तीर्थ सुवेदी, देवबहादुर कुँवर, बद्री अर्याल, बुद्धि रावत, विष्णुप्रसाद तिमिल्सिना, मुक्ति गौतम, लक्ष्मण गिरी, सरोज यादव, शान्तिराम खतिवडा, हरिप्रसाद मैनाली, विमला खनाल र केशव पोखरेल रहनुभएको छ ।

 

उर्जा, जलस्रोत तथा सिँचाई विभाग प्रमुखमा गोकर्णराज विष्ट र सचिवमा पुष्पज्योती ढुंगाना हुनुहुन्छ । सदस्यहरू सुरज लामिछाने, महेन्द्र गुरुङ, नारायण ज्ञवाली, लक्ष्मण घिमिरे, अविशेक थापा, केशव रायमाझी, अमन मास्के, केशवराज आचार्य, त्रिरत्न वज्राचार्य, भेषराज थापा र इन्दिरा पराजुली रहनुभएको छ ।

श्रम तथा रोजगार विभाग प्रमुख बिन्दा पाण्डे र सचिवमा जनक चौधरी हुनुहुन्छ । सदस्यहरू गुणराम आचार्य, मीना गुरुङ, वेलीमैंया घले, शोभा न्यौपाने, सुनिमाया चेपाङ, सरोज पोखरेल, नेत्र थनेत, डा. ऋषिकेश पन्थी, बलराम खत्री र रमेश पन्त रहनुभएको छ ।

कानून विभाग प्रमुखमा रमेश वडाल, उपप्रमुखमा धर्मराज रेग्मी र सचिवमा डिल्लीराम मैनाली हुनुहुन्छ । सदस्यहरू विष्णुमणी अधिकारी, टंक दुलाल, ठाकुर डिसि, टीकाराम भट्टराई, रमेशकुमार रोक्का, बिष्णुमाया भुसाल, शान्तिराम खतिवडा, केदार गुरागाई, रुद्रप्रसाद पोखरेल, नारायण नेपाल, रमा श्रेष्ठ, राजकिशोर यादव, कौशिला राई र सरस्वती श्रेष्ठ रहनुभएको छ ।

सँस्कृति विभाग प्रमुखमा रघुजी पन्त र सचिवमा राजेश थापा हुनुहुन्छ । सदस्यहरू वासुदेव अधिकारी, महादेव अवस्थी, केशव सुवेदी, रमेश श्रेष्ठ, राम विनय, एस. राजभण्डारी, शुभ मानन्धर, गायत्री विष्ट, विवश वस्ती, प्रेमनाथ अधिकारी, रामकृष्ण दुवाल, चेतनारायण राई, सुशीला प्रधानाङ्ग, लक्ष्मी गुरुङ, रेशम विरही र शार्दूल भट्टराई रहनुभएको छ ।

विज्ञान तथा प्रविधि विभाग प्रमुखमा टंक कार्की हुनुहुन्छ भने सदस्यहरू अस्गर अली, ई शालिकराम पराजुली, ई संजिव रोकाहा, प्रकाश जिसी, रबीन्द्र ओझा, नवराज कुँवर, डा. किरण जोशी, डा. आनन्द सिंह, प्रा. पशुपति मिश्र, अणराज सिलवाल, डा. पी ज्ञवाली, अप्सरा पाण्डे, खिम पन्थी, डिआर अधिकारी, कृष्ण अधिकारी, डा. सुबर्ण पोखरेल र रोमकान्त पाण्डे हुनुहुन्छ ।

विपद् व्यवस्थाप तथा स्वयंसेवा विभाग प्रमुखमा रामेश्वर फुयाल, सदस्यहरू अध्यक्ष, नेपाल ट्रेड यूनियन महासंघ (जिफण्ट), अध्यक्ष, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन, अध्यक्ष, राष्ट्रिय युवा संघ, नेपाल, अध्यक्ष, नेपाल खेलकुद महासंघ, अध्यक्ष, भूतपूर्व सैनिक तथा प्रहरी संगठन, राजेन्द्रकुमार श्रेष्ठ, डा. दीपक अर्याल, हस्त पण्डित, टीकाराम आचार्य, उमेश ढुङ्गाना, गोविन्द कोइराला, पदमबहादुर तामाङ्ग, विनोदचन्द्र देवकोटा र दुर्गा थारु हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
राम्रो काम सुरु गर्नासाथ सरकार भत्काइहाल्छन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक कार्यकाल पूरा गर्नको लागि चार...

राष्ट्रिय स्वाधीनता खतरामा छ : वर्षमान पुन

    नेपाली कम्युनिस्ट पार्टी नेता वर्षमान पुनले यतिबेला राष्ट्रिय स्वाधीनता संकटमा रहेको...

एमालेले दैशभरी चुनाव जित्छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेट्न आउनेहरुलाई आफूले मात्र...

डाडापारीमा अमित लामाको ‘कफी र जडिबुटी ड्रिम प्रोजेक्ट’ एमाले प्रवेशको लहरले उत्साहित

    एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १ का उम्मेदवार अमित...