रामेछापमा बस दुर्घटना हुँदा ९ जनाकाे मृत्यु



हाम्रो इकोनोमि

 

 

रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । रामेछापको सुनापति गाउँपालिका- २ हिलेदेविबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरकाे यात्रुबाहक बस लुभुघाट नजिकै दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४ महिला र ५ जना पुरुष रहेको  रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले  बताए ।  उनले भने  मृतकहरुकाे पहिचान खुलेकाे छैन ।  बसमा ल्याइएकाे  खसीबाेकाहरु पनि मरेका छन् ।’ बस सडकबाट ४३ मिटर  तल खसेकाे थियाे । बसमा करिब ३० जना यात्रुलाई सवार थिए । २४ जना घाइतेलाई धुलिखेल अस्पताल ल्याइएको उनले बताए । उनका अनुसार  घाइतेकाे उद्धारकाे लागि हेलिकप्टर पठाउने तयारी  भइरहेकाे  छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...