अर्थमन्त्रीमाथि संसदीय छानबिन होस् : ओली



हाम्रो इकोनोमि

 

 

संसदमा प्रमुख विपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रालयमा अनधिकृत मान्छे राखेर बनाइएको बजेटमा दुई-चारजना व्यापारिक घरानाको अनुहार झल्किएको भन्दै प्रधानमन्त्रीसँग जवाफ मागेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले अनधिकृत व्यक्ति पसेर कर र राजश्वका दर हेरफेर गरेको सन्दर्भमा प्रश्न उठाउनेमाथि अर्थमन्त्रीले ‘को हुन् तिनीहरू’ ? भनेर धम्क्याएको बताए । उनले को हुन् भनेर थर्काउने बेलासम्म भएको सीसीटिभी फुटेज अहिले आएर डिलिट भएको भन्दै गृहमन्त्रीको समेत ध्यानाकर्षण गराए ।

ओलीले भने, ‘प्रश्न सोध्नेलाई को हुन् तिनीहरू भनेर धम्क्याउने ? प्रमुख विपक्षीलाई एमाले को हो र सीसीटीभी फुटेज देखाउने ? भनियो । त्यतिन्जेलसम्म रहेको सीसीटीभी फुटेज अहिले कसरी डिलिट भयो ? सीसीटीभी फुटेज मकै पोल्नेले मात्र मान्नुपर्ने हो ? अर्थमन्त्री र मन्त्रालयले मान्नु पर्दैन ? यसको छानबिन गरेर प्रतिवेदनसहित प्रधानमन्त्रीजी आउनुहोला ।’

दुई-चारवटा व्यापारिक घरानाले बजेट बनाएको भन्दै ओलीले प्रधानमन्त्री गठबन्धन जोगाउनेबाहेक अरु सबै कर्तव्यप्रति लाचार बनेको आरोपसमेत लगाए । गल्ती नगरेको भए फुटेज देखाइने भन्दै ओलीले संसारमै नभएको भ्रष्टाचार र अराजकता अर्थमन्त्रीले मच्चाएको बताए । ओलीले यस विषयमा संसदीय छानबिन समिति बनाइनुपर्ने बताए । समितिको रिपोर्टका आधारमा कारबाही हुनुपर्ने उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस
राम्रो काम सुरु गर्नासाथ सरकार भत्काइहाल्छन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक कार्यकाल पूरा गर्नको लागि चार...

राष्ट्रिय स्वाधीनता खतरामा छ : वर्षमान पुन

    नेपाली कम्युनिस्ट पार्टी नेता वर्षमान पुनले यतिबेला राष्ट्रिय स्वाधीनता संकटमा रहेको...

एमालेले दैशभरी चुनाव जित्छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेट्न आउनेहरुलाई आफूले मात्र...

डाडापारीमा अमित लामाको ‘कफी र जडिबुटी ड्रिम प्रोजेक्ट’ एमाले प्रवेशको लहरले उत्साहित

    एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १ का उम्मेदवार अमित...