मकै पोलेर, चटपटे बनाएर तारे होटलमा बेच्ने : करिश्मा मानन्धर



हाम्रो इकोनोमि

 

 

अभिनेत्री तथा एमाले नेतृ करिश्मा मानन्धरले सडक व्यापारलाई नियन्त्रण गर्ने काठमाडौं महानगरपालिकाको नीतिप्रति असहमति व्यक्त गरेकी छन् । केही दिनअघि मकै पोलेर बेच्ने दम्पत्तिलाई नगरप्रहरीले गरेको कारवाहीका सन्दर्भमा उनले सामाजिक सञ्जालमार्फत आफ्नो असहमति उजागर गरेकी हुन् ।

कुनै पनि नागरिकलाई देशको समग्र भूमिमा टेक्ने अधिकार रहेको करिश्माको तर्क छ । उनले प्रश्न गरेकी छन्, ‘यदि उ अशिक्षित छ, गरिब छ, लाचार छ भनेर जे पनि गर्न मिल्छ ? जे पनि भन्न मिल्छ ? ऊ मान्छे हो कुरा बुझ्छ सम्झाएर भन ।’

उनले स्ट्रिट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा हुने भन्दै आममानिस र पर्यटकहरुले यसबाट आनन्द उठाउने दाबी समेत गरेकी छन् । करिश्माको प्रश्न छ, ‘व्यवस्थापन गर्नतर्फ लाग्ने कि प्रतिबन्ध र विरोधतर्फ लाग्ने ? कि मकै पोलेर चटपटे बनाएर तारे होटलमा बेच्ने ?’ सडकमा खानेकुरा बेचेर पेट भर्ने तथा सडकको खाएर पेट भर्ने जमात यही सहरमा रहेको उनी बताउँछिन् ।

‘बाटोमै बेचेको कपडाले तन डाक्ने जमान पनि त छन् होला, जो तपाईंको भारी बोक्छन् वा अन्य काम गर्छन् । सबै बिदेश गएर गल्फको गर्मीमा काम गर्न नसक्ने पनि त छन् होला । के तिनले आफ्नो र आफ्ना छोराछोरीको मुहारमा खुसी भएको सपना देख्न नपाउने ?’ करिश्माको थप प्रश्न छ ।

 

हेर्नुस उनको स्टाटस

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...