जेठ १४ गते रातिको सीसीटीभी फुटेज नै डिलिट



हाम्रो इकोनोमि

 

अर्थमन्त्रालयले बजेट घोषणाको अघिल्लो दिनको सीसीटीभी फुटेज मेटिएको जनाएको छ । मन्त्रालयले आज आइतवार सूचना माग गर्ने उपभोक्ता हित संरक्षण मञ्च नेपालका जयप्रसाद पौडेललाई पत्र पठाएर बढीमा १३ दिनसम्मको सीसीटीभी फुटेज अभिलेखमा रहने र त्यसपछि स्वतः मेटिँदै जाने भएकाले बजेट घोषणाको अघिल्लो दिन अर्थात् जेठ १४ गतेदेखि १५ गते बिहानसम्मको फुटेज मेटिएको जनाएको हो ।

गएको वर्ष बजेट बनाउँदाको समय २०७८ सालको भदौ २४ गते राति ११ देखि २५ गते बिहान ६ बजेसम्मको र यो वर्षको जेठ १४ गते बेलुका ६ देखि १५ गते बिहान ६ बजेसम्मको सीसीटीभी फुटेजको माग गरेर असार १४ गते निवेदन प्राप्त भएकोमा मन्त्रालयमा जडान भएको सीसीटीभी क्यामेराको आधारमा भिडियो फुटेज बढीमा १३ दिनसम्म मात्रै अभिलेखमा रहने मन्त्रालयले जानकारी गराएको छ । अर्थ मन्त्री जनार्दन शर्माले असम्बन्धित व्यक्तिलाई मन्त्रालयमा बोलाएर रातारात करका दर परिवर्तन गर्न लगाएको आरोप लाग्दै आएको छ । अर्थ मन्त्रीले असम्बन्धित व्यक्तिलाई करका दर निर्धारणमा स्थान दिएको विषयमा नेकपा एमालेले संसदमा चर्को विरोध गरेको थियो ।

यस्तै सीसीटीभी फुटेजको माग गरेर उपभोक्ता हित संरक्षण मञ्च नेपालका जयप्रसाद पौडेलले अर्थ मन्त्रालयमा सूचनाको हकको प्रयोग गरेर निवेदन पनि दिनुभएको थियो । उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमिल्सिनाले भने मन्त्रालयले सूचना दिन इन्कार गरेकाले अब कानुनी बाटो समात्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
राम्रो काम सुरु गर्नासाथ सरकार भत्काइहाल्छन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक कार्यकाल पूरा गर्नको लागि चार...

राष्ट्रिय स्वाधीनता खतरामा छ : वर्षमान पुन

    नेपाली कम्युनिस्ट पार्टी नेता वर्षमान पुनले यतिबेला राष्ट्रिय स्वाधीनता संकटमा रहेको...

एमालेले दैशभरी चुनाव जित्छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेट्न आउनेहरुलाई आफूले मात्र...

डाडापारीमा अमित लामाको ‘कफी र जडिबुटी ड्रिम प्रोजेक्ट’ एमाले प्रवेशको लहरले उत्साहित

    एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १ का उम्मेदवार अमित...