जसपाले सवै मन्त्री फिर्ता बोलायो



हाम्रो इकोनोमि

 

 

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिले प्रत्यायोजन गरेको अधिकार प्रयाग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी पार्टीका सवै मन्त्रीलाई फिर्ता बोलाउनु भएको हो ।

जसपाका कार्यलय सचिव प्रकाश अधिकारी सम्पूर्ण मन्त्रीलाई फिर्ता बोलाइएको पुष्टि गर्नुभयो । मन्त्रीहरुलाई फिर्ता बोलाइए पनि नयाँ मन्त्रीको नाम भने तय भइनसकेको अधिकारीले बताउनु भयो ।

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री हुनुहुन्छ । यसअघि सत्तारुढ नेकपा एकीकृत समाजवादीले मन्त्री फिर्ता बोलाएको थियो ।

मन्त्री फिर्ता बोलाउने निर्णयसँगै जसपा औपचारिक बिभाजनको अवस्थामा पुगेको छ । अध्यक्ष यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सहमतिमै अलग अलग बाटो हिडने निर्णय लिइसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...