एमाले अध्यक्ष ओलीको शरणमा वामदेव गौतम



हाम्रो इकोनोमि

 

 

नेकपा एकता राष्ट्रिय अभियान पार्टीको अध्यक्ष बनेका वामदेव गौतम एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । वामपन्थी एकताको अभियान सञ्चालन गर्ने भनेका गौतमले ओलीसँग भेट्न बुधबारै समय लिएका थिए ।

ओली निवासमा दुई नेताबीच कुराकानी भइरहेको छ । बालकोट पुगेका गौतमलाई ओलीले नेकपा विभाजनमा प्रचण्ड-माधव र झलनाथसँगै गौतमको पनि भूमिका रहेको बताएका छन् ।

‘त्यसबेला बलियो पार्टी बनाउने, देश बनाउने भन्दा पनि कसले के खाने कसले के पाउने भन्नेमा सबैजना लाग्नुभयो । अहिले नै चाहियो भनेर मलाई घेराबन्दी गरेर पार्टी कब्जा गर्न खोज्दाका परिणामहरू पछि देखिएका हुन्’, ओलीको भनाइ थियो । गौतमले भने आफू तत्कालीन नेकपालाई एकजुट बनाउने अभियानमा रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...