एमाले-माओवादी ब्युँताउने सर्वोच्चको फैसला त्रुटिपूर्ण : वामदेव गौतम



हाम्रो इकोनोमि

 

 

नेकपा एकता राष्ट्रिय अभियान पार्टीले एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काउने सर्वोच्चको फैसला त्रुटिपूर्ण र हानिकारक सावित भएको ठहर गरेको छ । पूर्वएमाले नेता वामदेव गौतमका संयोजकत्वमा गठित उक्त पार्टीको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।

‘सर्वोच्च अदालतको निर्णयले पुन:स्थापित नेकपा एमाले पुनः विभाजन उन्मुख भयो र केही महिनापछि साँच्चिकै विभाजित भएरै छोड्यो,’ विज्ञप्तिमा उल्लेख छ,‘नेपालको कम्युनिष्ट आन्दोलनलाई सर्वोच्च अदालतको त्यो निर्णयले मुख्य कम्युनिष्ट पार्टीहरूका बीचको सम्बन्धलाई शत्रुतापूर्ण अवस्थामा परिणत गरिदिएको छ ।’

साथै नेपालको राजनीतिक अवस्थामा गम्भीर नकारात्मक प्रभाव वृद्धि भइरहेको विज्ञप्तिमा उल्लेख छ । ‘यी तथ्यहरूको आधारमा भन्नुपर्दा सर्वोच्च अदालतको निर्णय त्रुटिपूर्ण र हानिकारक सावित भएको छ,’ विज्ञप्तिमा अगाडि भनिएको छ ।

सर्वोच्चको त्यही फैसलाका कारण नै नेकपाको एकता अभियानमा समस्या पैदा भएको र असफल भएको कुरा पनि विज्ञप्तिमा उल्लेख छ ।

नेपाली जनताको आशा र भरोसाका रूपमा केही वर्ष पहिले मात्र उदय भएको राजनीतिक पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन उन्मुख भएर दुई अध्यक्षको नेतृत्वमा दुई समूह बनि एक अर्काका विरुद्ध आन्दोलन गरिरहेका बेला त्यो अनौठो क्रियाकलापलाई रोक्न र पार्टी एकताको पक्षमा जनमत सृजना गर्ने उद्देश्य राखेर २०७७ साल माघ १४ नेकपा एकता राष्ट्रिय अभियानका नाममा दबाब समूह बनाइएको विज्ञप्तिमा उल्लेख छ ।

‘त्यसबेला असल प्रयत्नका बाबजुद हामी सफल हुन सकेनौँ । पहिला एकता अभियान सफल हुन नसक्नाको मुख्य कारण २०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको निर्णय थियो,’ विज्ञप्तिमा उल्लेख छ,‘एउटै पार्टी दुई समूहमा विभाजित भई एक अर्काका विरुद्ध शत्रुतापूर्ण आन्दोलनको अवस्था समाप्त हुनेछ भन्ने अनुमान गरेर हामीले त्यो निर्णयलाई समर्थन गरेका थियौं । तर, व्यवहारमा अनुमान सत्य हुन सकेन । सर्वोच्च अदालतको निर्णयले पुनर्स्थापित नेकपा (एमाले) पुनः विभाजन उन्मुख भयो र केही महिना पछि साँच्चिकै विभाजित भएरै छोड्यो ।’

 

प्रतिक्रिया दिनुहोस
राम्रो काम सुरु गर्नासाथ सरकार भत्काइहाल्छन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक कार्यकाल पूरा गर्नको लागि चार...

राष्ट्रिय स्वाधीनता खतरामा छ : वर्षमान पुन

    नेपाली कम्युनिस्ट पार्टी नेता वर्षमान पुनले यतिबेला राष्ट्रिय स्वाधीनता संकटमा रहेको...

एमालेले दैशभरी चुनाव जित्छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेट्न आउनेहरुलाई आफूले मात्र...

डाडापारीमा अमित लामाको ‘कफी र जडिबुटी ड्रिम प्रोजेक्ट’ एमाले प्रवेशको लहरले उत्साहित

    एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १ का उम्मेदवार अमित...