९ महिना बितेको पत्तो नै पाइनँ, ९० प्रतिशत सफल भएँ : प्रेम आले



हाम्रो इकोनोमि

 

 

पदबाट राजीनामा दिएका पर्यटनमन्त्री प्रेम आलेले आफू ९० प्रतिशत सफल भएको दाबी गरेका छन् । मन्त्री पदमा बस्दा ९ महिना बितेको पत्तो नै नपाएको उनको भनाइ छ । राजीनामाबारे जानकारी दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आलेले आफू प्रक्रियामा भन्दा एक्सनमा विश्वास गर्दै हुर्केको बताए ।

उनले भने, ‘मैले प्रक्रियामा भन्दा परिणामलाई प्राथमिकतामा राखेँ । यदि मलाई कुनै पत्रकारले आफ्नो कामबाट कति सन्तुष्ट हुनुभयो भनेर सोधेमा मेरो उत्तर हुन्छ–९० प्रतिशत सफल भएको छु । बाँकी जनताले नै मूल्यांकन गर्नेछन् ।आफूलाई देश तथा विदेशमा रहेका नेपालीहरूले एक्सन मन्त्रीको उपमा दिएको भन्दै आलोले खुसी व्यक्त गजरे ।

उनले थपे, ‘असोज २२ गते यसै हलमा आयोजित स्वागत समारोहमा भनेको थिएँ– मेरो अघिपछि लागेर मलाई खुसी पार्न नखोज्नु । नभन्दै त्यस्तै अनुभव भयो । जो कागजमा मात्रै काम गर्थे, तिनीहरू सधैँ प्रेम आलेको निगरानीमा परे । मैले पीँधमा भन्दा टाकुरामा निगरानी गरेँ ।

आलेले मन्त्रीबाट हटिसकेपछि त्रिभुवन विमानस्थलमा श्रम बजारमा जाने आम नेपालीका लागि स्थापना गरेको भिभिआइपी कक्ष र दोस्रो विमानस्थल परियोजना सधैँ सम्झिने बताए ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...