विद्यार्थीको परीक्षा आइसक्यो पाठ्यपुस्तक कहिले पुग्छ : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का सांसद योगेश भट्टराईले विद्यार्थीहरुको त्रैमासिक परीक्षा आइसकेको भन्दै विद्यालयमा पाठ्यपुस्तक कहिले पुग्छ भनी प्रश्न गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले विद्यालयमा पाठ्यपुस्तक नपुर्‍याउनुमा सरकार दोषी रहेको बताएका छन् ।

उनले ७५ प्रतिशत विद्यार्थीले सामुदायिक विद्यालयमा पढ्ने बताउँदै भट्टराईले भने, ‘निजी क्षेत्रबाट छापिएका १ देखि ३ कक्षसम्मको पुस्तक पुगेको छ । जनक शिक्षाले छाप्ने कक्षा ४ देखि १० सम्मको पुस्तक पुगेको छैन ।’

सांसद भट्टराईले काठमाडौँमा समेत ३० प्रतिशत विद्यालयमा पुस्तक नपुगेको उल्लेख गर्दै दुर्गम के अवस्था छ भनि प्रश्न गरे । उनले काठमाडौँकै दरबार हाइस्कुलमा समेत पाठ्यपुस्तक नपुगेको बताए । पुस्तक नभएकै कारण बालबालिकाहरु विद्यालय जान सक्ने अवस्था नभएको उनको भनाइ छ । ‘प्रथम त्रैमासिक परीक्षाको समय आएको छ । विद्यार्थीले के लेखेर परीक्षा दिन्छन्?’ उनले सरकारको जवाफ मागेका छन् ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...