माधव नेपालको गोजीमा प्रेम आलेको राजीनामा



हाम्रो इकोनोमि

 

 

पर्यटनमन्त्री प्रेम आलेले पदबाट राजीनामा दिएका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उनले आफ्नो राजीनामा पत्र बुझाएका हुन् । आलेले हिजो बसेको पार्टीको पोलिटब्यूरो बैठकमा ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए ।

त्यसैबमोजिम अध्यक्षसमक्ष उनको राजीनामा आएको पार्टीका नेता सोमप्रसाद पाण्डेले बताए । आलेको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवासम्म पुगिसकेको छैन ।

यसअघि आलेसहित नेकपा एसका १० सांसदले पार्टीले मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेकोमा असहमति जनाउँदै ध्यानाकर्षण पत्र लेखेका थिए ।

उनीहरूले पार्टीको संसदीय दल बैठक बोलाउन पनि माग गरेका थिए । तर, आलेसहित ६ जनाले उक्त पत्रबाट नाम फिर्ता लिइसकेका छन् ।

नेकपा एसका तीन मन्त्री भने अहिले पनि पद जोगाउन दौडधुपमै छन् । आज एक कार्यक्रममा अध्यक्ष नेपालले केही मन्त्रीहरुले पदबाट दिएको राजीनामा आफूले गोजीमा बोकेर हिँडिरहेको बताएका थिए । राजीनामा दिनेहरुकाे नाम उनले खुलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...