फेरि घट्यो गाडी भाडा



हाम्रो इकोनोमि

 

सरकारले गाडी भाडा समायोजन गरेको छ । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर घटाएको हो ।

विभागका अनुसार यात्रुबाहक सवारीको भाडा ५.४१, पहाडी बाटोमा चल्ने मालवाहक सवारीमा ६.९७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटाइएको छ ।

सरकारले इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढे वा घटे भाडा समायोजन गर्दै आएको छ ।

हिजो रातिबाट डिजेल प्रतिलिटर २९ र पेट्रोल प्रतिलिटर २० रूपैयाँ घटेको थियो । नयाँ भाडा दर आजबाट नै लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...