पार्टी विभाजन नगर्न माधव नेपाललाई अनुनयविनय गरेको थिए : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा एसभित्र मन्त्रिपरिषद् हेरफेरलाई लिएर उत्पन्न विवादप्रति प्रमुख प्रतिपक्षी दल एमालेका नेताहरूले समेत चासो दिएका छन् । सामाजिक सञ्जालमा सबैभन्दा पहिलो प्रतिक्रिया चाहिँ सचिव योगेश भट्टराईबाट आएको छ । नेकपा एसको अहिलेको अवस्था देख्दा आफूले पार्टी विभाजन नगर्न माधव नेपाललाई अनुनयविनय गरेको उनले सम्झिएका छन् ।

उनले लेखेका छन्, ‘एमाले विभाजनको औचित्य छैन भनी दिएको तर्क अनि नेपालको कम्युनिष्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको शिकार नबन्न गरेको अनुरोध र केहीभन्दा पनि वहाँले नमाने पछि कुनैदिन परिस्थिती तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर वहाँबाट छुट्टिएको पलको स्मरण भइरहेको छ ।’

त्यतिबेला आफूहरूले चिनेका खेलाडी माधव नेपाल र झलनाथ खनालले विस्तारै चिन्दै जाने भट्टराईले उल्लेख गरेका छन् ।आत्मबोध र पश्चाताप : सिर्फ कहिले ?’ उनले प्रश्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...