जनवर्गीय संगठनलाई आन्दोलनमा उतार्ने एमालेको निर्णय



हाम्रो इकोनोमि

 

 

प्रमुख विपक्षी नेकपा एमालेले अस्वाभाविक मूल्यवृद्धि, मल अभाव र पुस्तक अभावजस्ता जनसरोकारका मुद्दा उठाउँदै सम्बन्धित जनवर्गीय संगठनहरूलाई सडक आन्दोलनमा उतार्ने भएको छ । एमाले जनसंगठन समन्वय संयन्त्रको बिहीबार पार्टी कार्यालयमा बसेको बैठकले जनताको दैनिक समस्या विकरल बन्दै गएकाले सरकारविरुद्ध आन्दोलनमा जाने निर्णय गरेको संयन्त्रकी सहसंयोजक रचना खड्काले  बताइन् ।

विशेषगरी एमालेले सरकार छाडेको एक वर्षभित्रमा मूल्यवृद्धि तेब्बरसम्म भएको र सर्वसाधारण बाँच्नसमेत नसक्ने अवस्था आएकाले आन्दोलनमा जानुको विकल्प नरहेको एमालेको ठहर छ । एमालेका २२ वटा जनसंगठनका प्रमुखहरूसहितको बैठकले मुद्दा अनुसार संयुक्त आन्दोलन वा सम्बन्धित संगठनले एकल आन्दोलन गर्ने निर्णय भएको खड्काले जानकारी दिइन् ।

तत्कालै मुल्यवृद्धि, किसानले मल नपाएको तथा विद्यार्थीले पाठ्यपुस्तक नपाएको विषयमा आन्दोलन सुरू हुने भएको छ । त्यस्तै राष्ट्रियताको मुद्दामा समेत सरकार आत्मसमर्पणवादी भएकाले खबरदारी गर्नुपर्ने भएको एमाले नेता भानुभक्त ढकालले बताए । बैठकमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेता सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...