एमसीसीमा बुद्धिमत्तापूर्ण निर्णय गर्‍यौं : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी र एसपीपीका विषयमा आफ्नो पार्टीले निर्णायक भूमिका खेलेको दाबी गरेका छन् । १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरेर ठूलो दुर्घटना टारिएको उनले बताए ।

आज ललितपुरमा माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी र एसपीपीमा नेकपा एमालेले राष्ट्रघात गरेको आरोप पनि लगाए । उनले भने, ‘एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने प्रावधान थिएन, तर एमालेको केपी ओली नेतृत्वको सरकारले यस्तो प्रावधान थपेर राष्ट्रघाट गर्‍यौं । धन्न हामीले १२ बुँदे व्याख्यात्मक घोषणालाई सम्झौताको अंग बनाएर ठूलो दुर्घटना टार्‍यौं ।’

एमसीसीसँगै पारित गरिएको १२ बुँदे घोषणालाई अमेरिकाले समेत मान्यता दिइसकेको प्रचण्डको दाबी छ । यो सम्झौता नेपालको पनि कानूनको अंग बनेको उनले बताए । एसपीपीका सन्दर्भमा पनि प्रचण्डले ओलीलाई आरोप लगाए । ओली प्रधानमन्त्री र रक्षामन्त्रीसमेत रहेका बेला २०१५ मा एसपीपीबारे सैद्धान्तिक सहमति भएको उनले दाबी गरे ।

प्रचण्डले भने, ‘मैले पेरिसडाँडामा यो कुराको खुलासा गर्नासाथ केपी ओलीगुटका एकजना मान्छेले सदनमा एमालेले सम्झौता गरेको प्रमाणित गर्न चुनौति दिए । त्यसको ३-४ घण्टापछि त सम्झौताको कपी नै बाहिर आयो । अहिले त्यसबेला हामीलाई थाहै थिएन भनेर जनतालाई उल्लु बनाउन खोज्दैछन् ।’ एसपीपीका विषयमा सबैभन्दा पहिले आफूले नै प्रधानमन्त्रीसमक्ष असन्तुष्टि जनाएको पनि प्रचण्डको अर्को दाबी थियो ।

‘मैले प्रधानमन्त्रीज्यू एसपीपी सैन्य सम्झौता नै हो, यो कुनै हालतमा पारित गर्नुहुन्न भनेपछि प्रधानमन्त्रीले पनि बरु मर्छु तर एसपीपी पारित गर्दिनँ भन्नुभयो, त्यसपछि म ढुक्क भएँ’ प्रचण्डले भने, ‘अनि मैले गठबन्धनको बैठक बसेर एसपीपी अस्वीकार गर्नुपर्छ र सरकारले निर्णय गर्नुपर्छ भनेपछि यो खारेज भएको हो ।’

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...