सरकारबाट हट्न नेकपा एसका चार मन्त्रीको पाँच सर्त



हाम्रो इकोनोमि

 

नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूले सरकारबाट बाहिरिन ५ बुँदे सर्त राखेका छन् । अध्यक्ष माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा बुधबार साँझ भएको छलफलमा मन्त्रीहरूले पार्टीको निर्णय कार्यान्वनयन गर्न तयार भएपनि नयाँ मन्त्री चयनलगायतका विषयमा असहमति जनाएका हुन् ।

स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री किसान श्रेष्ठले अध्यक्ष नेपाललाई भेटी ५ बुँदे सर्त राखेका हुन् । उनीहरूले संसदमा बजेट विचाराधीन हुँदा नै मन्त्री फेर्ने हल्ला गराएर पार्टीले अपरिपक्व निर्णय लिएको आरोपसमेत लगाएका छन् । सरकारमा आफूहरूको पर्फमेन्स अरु दलको भन्दा उत्कृष्ट भएको जिकिर गर्दै उनीहरूले मन्त्री फेर्ने हल्ला चलाएर कर्मचारीसामु निरीह बनाउनु पार्टी नेतृत्वको गल्ती भएको भन्दै आलोचना समेत गरेका छन् ।

छलफलमा अध्यक्ष नेपालले पार्टीले मन्त्री हेरफेरको निर्णय गरिसकेकोले निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका थिए । मन्त्रीहरूले भने नयाँ मन्त्रीको सूची समावेशी नदेखिएको, महिला नपरेको, दाङबाट मात्रै २ जनाको नाम परेको, गैरसांसदलाई पनि सिफासिरस गरिएको लगायतका विषयमा असहमति राखेका छन् । स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई भने मन्त्रीमा बढुवा गर्ने निर्णयमा पनि उनीहरूको असुन्तुष्टि थियो ।

छलफलका क्रममा अध्यक्ष नेपाल र मन्त्रीहरूबीच चर्काचर्कीसमेत परेको थियो । मन्त्रीहरूले अध्यक्ष नेपाल र नेता झलनाथ खनालको भूमिकाको आलोचना गरेका थिए ।

बैठकमा सहभागी एक मन्त्रीले पार्टीको निर्णय अपरिपक्व भएको र सम्मानित नेता खनालले मिडियाबाजी गराएर आफूहरूको अपमान गराएको बताए । ‘हाम्रो अपमान गरिएको छ । मन्त्री पद छाड्नु ठूलो कुरा होइन तर माधव र झलनाथ कमरेडले जसरी निर्णय लिनुभयो त्यो गलत छ । पार्टीको निर्णय मान्छौं तर हाम्रा सर्तहरू यथावत छन्’, ती मन्त्रीले  भने ।

मन्त्रीहरूले राष्ट्रियसभामा विनियोजन विधेयकबारे मन्त्रीका रूपमा जवाफ दिन बाँकी नै रहेकोले बजेट पूर्ण रूपले पारित भएपछि मात्रै निर्णय कार्यान्वयन हुनसक्ने बताएका थिए ।

बैठकमा चारमन्त्रीले अध्यक्ष नेपालसँग राखेका सर्तहरू–

१. नयाँ मन्त्रीहरू समावेशी आधारमा छानिनुपर्ने

२. गैरसांसदलाई मन्त्री बनाउन नहुने

३. एकै जिल्लाका २ जना मन्त्री बनाउन नहुने

४. राज्यमन्त्रीलाई मन्त्रीमा बढुवा गर्न नपाइने

५. राष्ट्रियसभाबाट बजेट पारित हुँदासम्म पर्खने

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...