मन्त्री आलेले जोगाइदिए निगमको ३५ लाख फजुल खर्च



 

 

 

नेपाल वायुसेवा निगमको वाइडबडी विमान मर्मतको बाहानामा निलम्बित नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षले आफु निकट कर्मचारी र आसेपासेलाई १७ दिनकालागि डलर भत्तासहित पठाउने योजना संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले तुहाइ दिनु भएको छ ।

निगमको वाइडबडी विमान अन्नपुर्ण ९ब्घघण्, ढल्–ब्ीथ्० जहाज नियमित सि–चेक जाँचका लागि विहीबार इन्डोनेसियाको जार्कता पठाइदै छ । उक्त विमान त्यहाको पीटी जीएमएफ एरो एशिसा टीबीकेका प्राविधिकहरुको निगरानीमा १७ दिन रहने छ । सि–चेकका क्रममा जहाज पुर्णतया विदेशी एमआरओ कम्पनीको निगरानीमा रहन्छ ।

तर, निलम्बित कार्यकारी अध्यक्ष अधिकारीले आफ्नो चाकरी गर्ने एक दर्जन हाराहारी आसेपासे कर्मचारीलाई दैनिक डलरमा भत्ता, होटल खर्च निगमले व्यहोर्नेगरी पठाउदै गरेको उजुरी परेपछी मन्त्री आलेले फजुल खर्च रोक्नु भएको हो । यो निर्णयले कोभिड महामारीका कारण घाटा ब्यहोरीरहेको निगमको रु ३५ लाख जोगाइदिनु भएको छ । निगमका अनुसार, २१ जनाकोे जम्बो टोली इन्डोनेशिया पठाउदा कम्तीमा पनि रु ५० लाख लाग्दै थियो । निलम्बित अध्यक्ष अधिकारीले २१ जनालाई बिना उदेश्य भम्रणमा पठाउदा रु ५० लाख खर्च लाग्ने भएपछी मन्त्रीसमक्ष केही दिनअघि उजुरी परेको थियो । अनावश्यक सङ्ख्यामा कर्मचारी लैजाने निर्णयलाई मन्त्री आलेले रोक लगाउनु भएसँगै उक्त रकम बचत भएको हो ।

मन्त्री आलेले नेपाल वायुसेवा निगमको फजुल खर्च हुन लागेको कम्तिमा पनि रु ३५ लाख जोगाउनु भएको छ । अब आवश्यक पर्ने ६ जना टोलीको खर्च रु १५ लाख ७४ हजार हाराहारी हुने छ । यसरी मन्त्री आलेले गरेको निर्णयबाट नेपाल वायुसेवा निगमको रु ३४ लाख २५ हजार ६२५ जोगिने भएको छ । अधिकारीलाई मन्त्री आलेले यसअघि पनि थुप्रैपटक फजुल खर्च नगर्न निर्देशन दिनु भएको थियो । तर अधिकारीले मन्त्रीको निर्देशन लत्याउदै खर्चहरु गर्ने गरेको उजुरी मन्त्रालयमा परेका छन् ।

पर्यटन मन्त्रालयले वैशाखमा स्पष्टीकरण सोध्नु भएपछी अधिकारीले विभागीय प्रमुखसँग समन्वय नै नगरी जहाजको सि जाँचकालागि जम्बो टोलीको सूची तयार पार्नु भएको थियो । मन्त्री आलेले नेपाल वायुसेवा निगमको अर्थ विभाग प्रमुख अनिसा खड्कालाई बुधबार मन्त्रालयमा बोलाउनु भई आर्थिक मितव्ययी अनुसार, रकम निकासा गर्न निर्देशन दिनु भएको छ । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्ने

    सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र

रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्