अफगानिस्तानमा शक्तिशाली भूकम्प, २५० जनाको मृत्‍यु



हाम्रो इकोनोमि

 

 

अफगानिस्तानमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी हालसम्म २५० जनाको मृत्‍यु भएको छ । अन्तर्राष्टिय सञ्चारमाध्यमहरुले जनाएअनुसार पूर्वी अफगानिस्तानको पक्तिका प्रान्तमा गएको ६ म्याग्निच्यूटको भूकम्पको कारण उक्त क्षति भएको हो ।

पक्तिका प्रान्तका सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार हालसम्म २५० जनाको मृत्‍यु पुष्टि भए पनि उक्त संख्या बढ्न सक्ने सम्भावना छ ।

‘दुर्भाग्यवश हिजो राति पक्तिका प्रान्तका चार जिल्लामा शक्तिशाली भूकम्प गएको छ, जसले हाम्रा सयौं देशवासीको ज्यान लिनुका साथै र कैयौंलाई घाइते बनाएको छ। यस्तै दर्जनौं घरहरू ध्वस्त भएका छन्’, अफगानिस्तान सरकारका प्रवक्ता बिलाल कारिमीले सामाजिक सञ्जालमार्फत सन्देश जारी गरेका छन् ।

बुधबार बिहान गएको उक्त भूकम्पको कम्पन अफगानिस्तान सँगसँगै भारत र पाकिस्तानसम्म महसुस गरिएको रोयटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...