अफगानिस्तानमा शक्तिशाली भूकम्प, २५० जनाको मृत्‍यु



हाम्रो इकोनोमि

 

 

अफगानिस्तानमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी हालसम्म २५० जनाको मृत्‍यु भएको छ । अन्तर्राष्टिय सञ्चारमाध्यमहरुले जनाएअनुसार पूर्वी अफगानिस्तानको पक्तिका प्रान्तमा गएको ६ म्याग्निच्यूटको भूकम्पको कारण उक्त क्षति भएको हो ।

पक्तिका प्रान्तका सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार हालसम्म २५० जनाको मृत्‍यु पुष्टि भए पनि उक्त संख्या बढ्न सक्ने सम्भावना छ ।

‘दुर्भाग्यवश हिजो राति पक्तिका प्रान्तका चार जिल्लामा शक्तिशाली भूकम्प गएको छ, जसले हाम्रा सयौं देशवासीको ज्यान लिनुका साथै र कैयौंलाई घाइते बनाएको छ। यस्तै दर्जनौं घरहरू ध्वस्त भएका छन्’, अफगानिस्तान सरकारका प्रवक्ता बिलाल कारिमीले सामाजिक सञ्जालमार्फत सन्देश जारी गरेका छन् ।

बुधबार बिहान गएको उक्त भूकम्पको कम्पन अफगानिस्तान सँगसँगै भारत र पाकिस्तानसम्म महसुस गरिएको रोयटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...