देउवा सरकार आफ्नै कारणले ढल्दैछ



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) काप्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान सरकार र गठबन्धन आफ्नै कारणले ढल्ने दाबी गरेका छन् । बस्नेतले अहिले आफूहरु सरकार परिवर्तन गर्ने र पाँचदलीय गठबन्धन भत्काउने खेलमा नलागेको स्पष्ट पार्दै सो कुरा बताएका हुन् । राजधानीमा आयोजित एक साक्षातकार कार्यक्रममा उनले वर्तमान सरकारको एक वर्ष पुग्न लागेको उल्लेख गर्दैै यो एक वर्षमा सरकारले कुनै राम्रो काम गर्न नसकेको आरोप समेत लगाएका छन् ।

उनले भने, ‘सरकारको बारेमा गम्भीर समीक्षा गर्न जरुरी छ । यो सरकार जनमतको कारण जन्मिएको होइन, यो परमादेशबाट जन्मिएको सरकार भएकाले यसबाट हामीलाई कुनै आशा र अपेक्षा थिएन । तर, जनतामा यो सरकारले केही गर्ला कि भन्ने भ्रम थियो । यो सरकार आएपछि पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेको छ । यति धेरै बेथिति र भद्रगोल छ । मूल्यवृद्धि नेपालको इतिहासमा अहिले धेरै भएको छ । निर्माणको क्षेत्रमा पनि २५ प्रतिशतको दरले मूल्य बढेको छ । सरकारले घोषणा गरेका राहतका कार्यक्रम पनि सान्दर्भिक छैनन् । इण्डक्सन चुलोको कुरा गर्दा पनि यो खर्चिलो छ ।’

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...