नयाँ पार्टी निर्माणको गर्ने रवि लामिछानेको घोषणा



हाम्रो इकोनोमि

 

 

सञ्चारकर्मबाट राजनीतिमा आएका रवि लामिछानेले नयाँ पार्टी निर्माणको घोषणा गरेका छन् । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले सो घोषणा गरेका हुन् । ‘म आमनागरिकलाई चाहिएको जस्तो दल बनाएर, क्षमतावान मान्छेहरुको साथ लिएर देशलाई नयाँ म्यान्डेट दिन तयार भएर आएको छु,’ लामिछानेले भने ।

योबीचमा आफूले सबैजसो राजनीति दलसँग कुरा भए पनि आफू कुनै पार्टीमा प्रवेश नगर्ने निर्णय लिएको उनले बताए ।आफ्नो पार्टी पुराना पार्टीभन्दा पृथक रहने लामिछानेले दावी गरे । पार्टीमा ५० प्रतिशतभन्दा बढी युवा अनिवार्य हुने उनले बताए ।

लामिछानेका अनुसार प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको एजेन्डा पार्टीले बोक्नेछ । ‘आफ्नो दलभित्रबाट छानिएपछि मात्रै प्रधानमन्त्रीको उम्मेदवार बन्न पाइनेछ’, उनले भने, ‘प्रधानमन्त्रीको उम्मेदवारी दिनेले मन्त्रिमण्डल नै घोषणा गरेर जान सक्नेछ ।’ लामिछानेले आफ्नो पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रहने बताएका छन् । यस्तै प्रस्ताव चुनाव चिन्ह ‘घन्टी’ रहने उनले जानकारी दिए ।

आफू व्यवस्था बदल्नका लागि नभइ जनताको अवस्था बदल्नका लागि राजनीतिमा आएको लामिछानेको भनाइ छ । आगामी संसदीय चुनावमा आफूले प्रतिस्पर्धा गर्ने उनले संकेत गरे, तर निर्वाचन क्षेत्र खुलाएनन् ।

‘मलाई डडेलधुरा, झापा वा चिनवनबाट लड्न मन छ, तर भावनामा बगेर मात्र हुँदैन,’ उनले भने, ‘हामीलाई लड्ने र हार्ने छुट छैन ।’ उनले आफू एक जनालाई संसद बन्नबाट रोक्न सक्षम रहेको दावी गरे ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...