दक्षिण एसियाकै महँगो नेपालको पेट्रोलियम पदार्थ



हाम्रो इकोनोमि

 

 

सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएसँगै नेपालमा पेट्रोलियम पदार्थको मूल्य दक्षिण एसियामै महँगो भएको छ । नेपाल आयल निगमले सोमबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर एक सय ९९ रुपैयाँ (१.५९ डलर) र डिजेल प्रतिलिटर एक सय ९२ रुपैयाँ (१.५३ डलर) पुर्‍याएको छ । पेट्रोलियम महँगो बेच्नेमा नेपाल एसियामा २८औँ र विश्वमा ८२औँ स्थानमा छ ।

दक्षिण एसियामा नेपालपछि भुटानमा पेट्रोलियम महँगो छ । त्यहाँ पेट्रोल प्रतिलिटर १.३८ डलर र डिजेल १.२१ डलर छ । भुटानको भन्दा नेपालमा पेट्रोल प्रतिलिटर २६ रुपैयाँ र डिजेल ४० रुपैयाँ महँगो छ । श्रीलंकामा पेट्रोल प्रतिलिटर १.२६ डलर (एक सय ५८ रुपैयाँ) र डिजेल १.१२ डलर (एक सय ४० रुपैयाँ) छ । त्यस्तै, पाकिस्तानमा पेट्रोल प्रतिलिटर १.११ डलर (एक सय ३९ रुपैयाँ) र डिजेल १.२५ डलर (एक सय ५७ रुपैयाँ) छ ।

केही दिन अघिसम्म नेपालको भन्दा महँगो मूल्य रहेको भारत पनि अहिले चौथो नम्बरमा छ । नयाँदिल्लीमा पेट्रोल प्रतिलिटर १.२४ डलर (एक सय ५६ रुपैयाँ) र डिजेल १.१५ डलर (एक सय ४४ रुपैयाँ) पुगेको छ ।

दक्षिण एसियामा माल्दिभ्समा पेट्रोलियमको भाउ सबैभन्दा सस्तो छ । माल्दिभ्समा अहिले पेट्रोल प्रतिलिटर ०.९५ डलर (एक सय १९ रुपैयाँ) र डिजेल ०.९६४ डलर (एक सय २१ रुपैयाँ) कायम छ । बंगलादेशमा प्रतिलिटर ०.९५ डलर (एक सय १९ रुपैयाँ) र डिजेल ०.८५२ डलर (एक सय सात रुपैयाँ) कायम छ । त्यस्तै, अफगानिस्तानमा ०.९५५ डलर (एक सय २० रुपैयाँ) र डिजेल १.१२४ डलर (एक सय ४१ रुपैयाँ) कायम छ ।

पेट्रोलियम पदार्थ महँगोमा बेच्नेमा नेपाल एसियामा २८औँ र विश्वमा ८२औँ स्थानमा छ । विश्वमा पेट्रोलको औसत मूल्य प्रतिलिटर एक सय ८० र डिजेल एक सय ७२ रुपैयाँ हाराहारी छ ।

संसारभर भेनेजुएलामा पेट्रोलको मूल्य सबैभन्दा सस्तो छ । त्यहाँ पेट्रोल र डिजेल दुवैको मूल्य प्रतिलिटर ०.०२२ डलर अर्थात् दुई रुपैयाँ ७५ पैसा छ । डिजेल भने भेनेजुएलाभन्दा इरानमा सस्तो छ । ग्लोबलपेट्रोलप्राइसडटकमका अनुसार इरानमा डिजेलको मूल्य अहिले प्रतिलिटर दुई रुपैयाँभन्दा कम पर्न आउँछ । पेट्रोलियम सस्तोमा बेच्नेमा भेनेजुएलापछि लिबिया र इरान छन् ।

लिबियामा पेट्रोल र डिजेल दुवै प्रतिलिटर ०.०३१ डलर (चार रुपैयाँ)छ । त्यस्तै, इरानमा पेट्रोल प्रतिलिटर ०.०५३ डलर (सात रुपैयाँ) र डिजेल प्रतिलिटर ०.०११ डलर (एक रुपैयाँ ३८ पैसा)छ । पेट्रोलियम पदार्थको भाउ सबैभन्दा महँगो हङकङमा छ । त्यहाँ अहिले पेट्रोल प्रतिलिटर २.९९९ डलर (तीन सय ७५ रुपैयाँ) र डिजेल २.७७१ डलर (तीन सय ४७ रुपैयाँ) छ ।

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...