विदेश जान काठमाडाैंभन्दा भैरहवाबाट सस्तो



 

 

एक महिनाअघि अन्तर्राष्ट्रिय उडान सुरु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सेवाग्राहीको चाप बढेसँगै थप दुई विदेशी विमान कम्पनीहरुले सेवा थप्ने तयारी गरेका छन् । कुवेतबाट जजिरा एयरले सेवा सुरु गरेसँगै यहाँबाट उडान भर्नेहरुको चाप बढेको हो । यो चापलाई हेरेर थप दुई विदेशी वायुसेवा कम्पनीहरुले तत्काल नियमित उडान थाल्ने तयारी सुरु गरेका हुन् ।

जेठ २ गतेदेखि जजिराले गते व्यवसायिक उडान भर्न थालेपछि छोटो समयमै यात्रुको चाप बढेपछि अन्य कम्पनीहरुले आफ्नो व्यवसाय थप थर्न लागेका हुन् । अहिले कुवेतबाट जजिरा एयरले साताको सोमबार, बुधबार र शनिबार गरी तीन गौतमबुद्ध विमानस्थलमा उडान भर्दै आएको छ । अब तत्कालै दुई कम्पनी एयर अरेबिया र युएईको फ्लाई दुबईले गौतम बुद्ध विमानस्थलबाट सेवा थाल्ने प्रक्रिया सुरु गरेको विमानस्थल महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिएका छन् । एयर अरेबियाले आउंदो दुई हप्ताभित्रै उडान थाल्ने तयारीमा रहेको उनले बताए ।

अधिकांश खाडी मुलुकका यात्रुले कुवेत ट्रान्जिट गरेर भैरहवा आउने गरेका छन् । सोही कारण अन्य विदेशी वायुसेवा कम्पनीहरुले पनि यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि रुचि बढाएका हुन् । लुम्बिनी प्रदेश आसपासका धेरै युवा पिंढी खाडी मुलुकमा रहेकाले पनि सो क्षेत्रबाट आफ्नो व्यवसाय थप प्रवद्र्धन हुने आंकलन विमान कम्पनीले गरेका छन् ।

आफ्नो क्षेत्रबाट विदेश जान र आउन पाएपछि यहाँबाट सेवा लिनेहरु खुसी छन् । काठमाडौं आएर घर आउने समयको व्यवस्थापन र खर्चलाई ध्यानमा दिँदै धेरैजना यहाँबाट आफूले सेवा लिएको बताएका छन् ।

 

खाडी मुलुकबाट भैरहवा विमानस्थल जान चाहने यात्रुको माग तथा चाप पनि उच्च छ । सोही कारण अन्य विदेशी वायुसेवा कम्पनीहरुले पनि यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि रुचि बढाएका छन् । त्यही क्रममा एयर अरेबिया र फ्लाई दुबईले नियमित उडानका लागि प्रक्रिया अघि बढाएका छन् । पहिलो उडान भरेको जजिराले जेठ मसान्तसम्म १४ वटा उडान गरेको छ । यो विमानस्थल हुँदै अहिलेसम्म १ हजार २ सय ४७ जना आएका छन् भने १ हजार ७ सय ९८ जना बाहिरिएको जजिराले जनाएको छ ।

 

शुल्क कम, श्रम कार्यालयको व्यवस्थापनले थप सहज

हाल काठमाडौं–कुवेत रुटका लागि जजिराको न्युनतम भाडा ३३ हजार रुपैयाँ छ । भैरहवा–कुवेत रुट भएर आउजाउ गर्दा भने यसमा २० प्रतिशत अर्थात् ६ हजार ६०० रुपैयाँ कम (२६४०० रुपैयाँ) मा सेवा दिँदै आएको जनाएको छ ।भैरहवामार्फत यात्रुले कुवेत भएर खाडीका विभिन्न मुलुकका साथै जर्जिया, इजिप्ट, अजरबैजान लगायत कुवेत हब बनाएर जजिराले उडान संचालन गरिरहेका सबै गन्तव्य जाने उडान सेवा लिँदै आएका छन् ।

सेवाग्राहीले म्यानपावर कम्पनीहरुका शाखा कार्यालयहरुको रसिद काट्ने काउन्टर वा सुविधासमेत विमानस्थल आसपास हुनसके सजिलो हुने बताएका छन् । विमान कम्पनीलाई आकर्षित गर्न विमानस्थलले एक वर्षका लागि अवतरण, सञ्चार, सुरक्षा लगायतमा पूर्ण छुट दिएको छ । जसले गर्दा उडान शुल्कसमेत सस्तो भएको छ । जजिराका अनुसार काठमाडौं कुवेत भन्दा भैरहवा कुवेतको यात्रामा प्रति व्यक्ति ८ हजार सस्तो छ ।

शुल्क कम पर्ने भएकाले भारतको उत्तर प्रदेशसम्मका नागरिकले विदेशबाट फर्किदा गौतमबुद्ध विमानस्थल प्रयोग गर्न थालेका छन् । श्रम तथा रोजगार शाखा संचालनमा आएकाले अहिले काठमाडौं ताहाचलमा हुने काम अब सबै यतैबाट भइसकेको छ । जसका कारण  भैरहवा विमानस्थल धेरै जिल्लाबाट वैदेशिक रोजगारीमा जानेहरुका लागि रोजाइमा परेको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्ने

    सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र

रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्