मन्त्रालयको फुटेज हेर्ने तिनिहरू को हुन् ? भन्दै जनार्दन शर्मा



हाम्रो इकोनोमि

 

 

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभावकर’ले प्रतिनिधिसभा सदस्यहरूको मानमर्दन हुने अभिव्यक्ति दिएका छन् । आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश दिइएको भन्दै उनको चौतर्फी आलोचना भइरहेका बेला प्रश्न उठाउने सांसदहरूमाथि नै उनी खनिएका हुन् । संसदमा सांसदहरूले उठाएको प्रश्नहरूलाई लक्षित गर्दै आइतबार एक टेलिभिजन अन्तर्वार्तामा उनले सीसी क्यामेरा फुटेज हेर्ने तिनीहरू को हुन भन्दै प्रश्न गरेका हुन् ।

बजेटबारे जनता, कर्मचारी र व्यवसायीलाई सोधेर उनीहरूको प्रतिक्रियाको आधारमा धारणा बनाउन आग्रह गर्दै उनले भने, ‘बजेटमा कहाँ छ राष्ट्रघात, कहाँ छ बद्मासी ? करका दर एक्सपोज भएको भए कहाँ भयो ? कसले के गर्यो ? कसरी एक्स्पोज भयो ? नभएको कुरा गरेर त्यत्तिकै विषय उठाएर हुने हो र ?’

संसदमा संसदीय छानविन र सीसी क्यामेराको फुटेज माग भएको सम्बन्धमा गरिएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले सांसदहरूकै मानमर्दन हुनेगरी भनेका छन्, ‘सीसी क्यामेरा हेर्ने ती को हुन् ? सरकारले हेर्ला नि त आवश्यक परे । एमालेले सीसी क्यामेरा हेर्न पाउनुपर्छ भन्दैमा दिनुपर्ने के छ ? त्यो मैले गरेको निर्णय हो र ?’

यद्यपि, सीसी क्यामेरा हेर्नेले हेर्न पाउने भन्दै उनले आफूले कतै रोक्ने काम नगरेको स्पष्ट पारेका छन् । ‘मैले रोकेको छु र ? नहेर भनेको छु र ?’ उनले भनेका छन् ।

अर्को प्रसङ्गमा उनले आफूमाथि जति प्रश्नहरू उठे पनि राजीनामा नदिने बताएका छन् । आफूले ल्याएको बजेट उत्कृष्ट भएको दाबी गर्दै उनले आफू राजीनामाको पक्षमा नरहेको स्पष्ट पारेका हुन् । रोजगारी सृजना, गरिबीको अन्त्यलगायत कामको नेतृत्व आफूले गरिरहेको भन्दै राजीनामा कुनै हालतमा नगर्ने उनको अडान छ ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...