पेट्रोलियम पदार्थको मूल्यवृद्धिबिरुद्ध आन्दोलन



हाम्रो इकोनोमि

 

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्धमा नेकपा एमाले निकट विद्यार्थी संगठनले आन्दोलन शुरू गरेको छ । आइतवार मध्यरातमा पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेसँगै विद्यार्थी संगठनहरूले आन्दोलन शुरू गरेका हुन् ।

बुटवलमा अनेरास्ववियुले मुल्यबृद्धिको बिरोधमा आज बिहानै प्रदर्शन गरेका छन् । बुटवल क्याम्पस अगाडि विद्यार्थीहरूले मूल्यवृद्धिको विरुद्धमा प्रदर्शन गरेका हुन् ।

सरकारले मूल्यवृद्धि फिर्ता नगरेसम्म आन्दोलन नरोकिने अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले जानकारी दिनुभयो । बहुमुखी क्याम्पस अगाडि सडकमा जम्मा भएका अनेरास्ववियुका कार्यकर्ताले यातायात बन्द गर्नुका साथै टायर बालेर नाराबाजी गरि रहेका छन् ।

 

यता अनेरास्ववियु केन्द्रीय कमिटीले पनि देशभर मूल्यवृद्धिको विरुद्धमा आन्दोलन शुरू गर्ने तयारी गरेको छ ।सशक्त आन्दोलन गर्ने बताउनु भयो ।
निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ वृद्धि गरेको छ । पेट्रोलको मूल्य अब प्रतिलिटर १ सय ९९ पुगेको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ थियो । डिजेलमा पनि एकैपटक २७ रुपैया वृद्धि भएको छ । डिजेलको मूल्य अब प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ ।

सत्तारुढ पाँच दलीय बैठकमा निर्णय गरेपछि निगमले मुल्य बढाएको हो । गठबन्धनका नेता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आइतवार गठबन्धनको बैठकमा मुल्य बढाउने प्रस्ताव आएको खुलासा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...