विशिष्ट व्यक्तिको उडानमा अनिवार्य दुई पाइलट



हाम्रो इकोनोमि

 

 

 

 

नेपाल सरकारले तोकेका विशिष्ट व्यक्तिको हवाई उडानमा दुई जना हेलिकप्टर पाइलट राख्नु पर्ने व्यवस्था नेपाल नागरिक उडुडयन प्राधिकरणले अनिवार्य गरेको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा
बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण, सञ्चालक समितिको बैठक सकिए लगत्तै प्राधिकरणले विज्ञप्ती जारी गर्दै नेपालको आन्तरिक उडानमा रहेका हेलिकप्टरलाई अबका दिन विशिष्ट व्यक्तिको सवारीमा अनिवार्य दुई जना पाइलोट
रहनुपर्ने निर्णय गरिएको जनाएको छ । त्यसै गरी प्राधिकरणले स्वचालित प्रणालीले तोके बमोजिम दुई जना पाइलट
राख्नुपर्ने अनिवार्य व्यवस्था समेत गरेको छ ।

हाल नेपालमा १० वटा निजि र नेपाल सरकारको एक गरी ११ वटा हेलिकप्टर कम्पनी छन । प्राधिकरणले काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको पार्किङ क्षमता भरिएकाले काठमाडौं बाहिर हेलिकप्टर र जहाजलाई सार्ने निर्णय समेत गरेको छ । हवाई जहाज सञ्चालक कम्पनीले यही असार १३ देखि तोकिएका आधार विमानस्थलमा जहाज पार्किङ गर्नुपर्ने जनाएको छ । त्यस्तै हेलिकप्टरले पनि यही ७ गतेदेखि तोकिएका काठमाडौँ बाहिरका विमानस्थलमा रात्री बिसान गरी पहिलो उडान ती विमानस्थलबाटै अनिवार्य गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...