विशिष्ट व्यक्तिको उडानमा अनिवार्य दुई पाइलट



 

 

 

 

नेपाल सरकारले तोकेका विशिष्ट व्यक्तिको हवाई उडानमा दुई जना हेलिकप्टर पाइलट राख्नु पर्ने व्यवस्था नेपाल नागरिक उडुडयन प्राधिकरणले अनिवार्य गरेको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा
बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण, सञ्चालक समितिको बैठक सकिए लगत्तै प्राधिकरणले विज्ञप्ती जारी गर्दै नेपालको आन्तरिक उडानमा रहेका हेलिकप्टरलाई अबका दिन विशिष्ट व्यक्तिको सवारीमा अनिवार्य दुई जना पाइलोट
रहनुपर्ने निर्णय गरिएको जनाएको छ । त्यसै गरी प्राधिकरणले स्वचालित प्रणालीले तोके बमोजिम दुई जना पाइलट
राख्नुपर्ने अनिवार्य व्यवस्था समेत गरेको छ ।

हाल नेपालमा १० वटा निजि र नेपाल सरकारको एक गरी ११ वटा हेलिकप्टर कम्पनी छन । प्राधिकरणले काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको पार्किङ क्षमता भरिएकाले काठमाडौं बाहिर हेलिकप्टर र जहाजलाई सार्ने निर्णय समेत गरेको छ । हवाई जहाज सञ्चालक कम्पनीले यही असार १३ देखि तोकिएका आधार विमानस्थलमा जहाज पार्किङ गर्नुपर्ने जनाएको छ । त्यस्तै हेलिकप्टरले पनि यही ७ गतेदेखि तोकिएका काठमाडौँ बाहिरका विमानस्थलमा रात्री बिसान गरी पहिलो उडान ती विमानस्थलबाटै अनिवार्य गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्ने

    सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र

रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्