रावलले प्रधानमन्त्रीलाई भने अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा किन नआएको?



हाम्रो इकोनोमि

 

 

आसन्न अमेरिका भ्रमण, एसपीपी विवादलगायतका विषयमा जवाफ दिन बोलाइएका प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय समिति बैठक बंक गरेपछि सांसदहरूले टिकाटिप्पणी गरेका छन् ।

बैठकमा एमाले सांसद भीम रावलले प्रधानमन्त्रीले संसदीय मर्यादा पालना नगरेको भन्दै आपत्ति जनाए । उनले संसदका महत्वपूर्ण बैठकहरू छलेर प्रधानमन्त्री कहिले गठबन्धन बैठक त कहिले सेमिनारतिर गएको भन्दै विरोध गरे ।

‘संसदको बैठक महत्त्वपूर्ण कि गठबन्धनको ? यहाँ नआएर उता गठबन्धन बैठक गरिबस्ने । कहिले संसद छाडेर सेमिनारतिर जाने’, रावलले भने । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा जवाफ दिन नआएका प्रधानमन्त्री सत्तागठबन्धनको बैठकमा थिए ।

प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर प्रमुख विपक्षी नेकपा एमाले र सत्तापक्षकै माओवादी सांसदहरूले आलोचना गरेपछि कांग्रेस सांसद बचाउमा उत्रिए ।

प्रतिक्रिया दिनुहोस
राम्रो काम सुरु गर्नासाथ सरकार भत्काइहाल्छन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक कार्यकाल पूरा गर्नको लागि चार...

राष्ट्रिय स्वाधीनता खतरामा छ : वर्षमान पुन

    नेपाली कम्युनिस्ट पार्टी नेता वर्षमान पुनले यतिबेला राष्ट्रिय स्वाधीनता संकटमा रहेको...

एमालेले दैशभरी चुनाव जित्छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेट्न आउनेहरुलाई आफूले मात्र...

डाडापारीमा अमित लामाको ‘कफी र जडिबुटी ड्रिम प्रोजेक्ट’ एमाले प्रवेशको लहरले उत्साहित

    एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १ का उम्मेदवार अमित...