मन्त्री आलेद्धारा प्रशिद्ध शक्तिपिठ बडिकेदारको पदमार्गको शिलान्यास



हाम्रो इकोनोमि

 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज शनिवार सुदूरपश्चिमकै ठूलो तथा प्रशिद्ध शक्तिपिठ बडिकेदारको पदमार्गको शिलान्यास गर्नु भएको छ । धर्म, संसकृति प्रति आस्थावान मन्त्री आलेले जिल्लाको दक्षिण भेगमा अवस्थित प्रशिद्ध शक्तिपिठ यवम धार्मिक पर्यटकिय स्थल बडिकेदारमा तीर्थ यात्रीको सहजताका लागि निर्माण गरिने पदमार्ग तथा पुर्वाधार योजनाको शिलन्यास गर्नु भएको हो ।

उक्त पदमार्ग निर्माणका लागि मन्त्री आलेले रु नौ करोड रकम विनियोजन गर्नु भएसँगै आज शिलान्यास गर्नु भएको बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दिपेन्द्रराज सिराडीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त पदमार्गमा बिश्रामस्थल, सिडि तथा रेलिङ निर्माण गरिने छ । भक्तजन तथा दर्शनार्थीहरुको सहजताका लागि सो क्षेत्रमा पदमार्ग निर्माण गरिन लागेको हो ।

बोगटान क्षेत्रको जङ्गलमा अवस्थित उक्त शक्तिपिठमा भक्तजनले मनले चिताएका कामहरु पूर्ण हुने भएकाले बडिकेदारमा स्वदेश तथा छिमेकी मुलुक भारतबाट पनि दर्शनार्थीहरु आउने गर्दछन् । प्रतेक वर्षको मङसिर महिनामा उक्त ठाउँमा मेला लाग्ने गर्दछ । विमल विष्ट

 

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...