मन्त्री आलेद्धारा प्रशिद्ध शक्तिपिठ बडिकेदारको पदमार्गको शिलान्यास



हाम्रो इकोनोमि

 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज शनिवार सुदूरपश्चिमकै ठूलो तथा प्रशिद्ध शक्तिपिठ बडिकेदारको पदमार्गको शिलान्यास गर्नु भएको छ । धर्म, संसकृति प्रति आस्थावान मन्त्री आलेले जिल्लाको दक्षिण भेगमा अवस्थित प्रशिद्ध शक्तिपिठ यवम धार्मिक पर्यटकिय स्थल बडिकेदारमा तीर्थ यात्रीको सहजताका लागि निर्माण गरिने पदमार्ग तथा पुर्वाधार योजनाको शिलन्यास गर्नु भएको हो ।

उक्त पदमार्ग निर्माणका लागि मन्त्री आलेले रु नौ करोड रकम विनियोजन गर्नु भएसँगै आज शिलान्यास गर्नु भएको बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दिपेन्द्रराज सिराडीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त पदमार्गमा बिश्रामस्थल, सिडि तथा रेलिङ निर्माण गरिने छ । भक्तजन तथा दर्शनार्थीहरुको सहजताका लागि सो क्षेत्रमा पदमार्ग निर्माण गरिन लागेको हो ।

बोगटान क्षेत्रको जङ्गलमा अवस्थित उक्त शक्तिपिठमा भक्तजनले मनले चिताएका कामहरु पूर्ण हुने भएकाले बडिकेदारमा स्वदेश तथा छिमेकी मुलुक भारतबाट पनि दर्शनार्थीहरु आउने गर्दछन् । प्रतेक वर्षको मङसिर महिनामा उक्त ठाउँमा मेला लाग्ने गर्दछ । विमल विष्ट

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...