ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौंबीच मर्जर सम्झौता



हाम्रो इकोनोमि

 

 

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौंबीच मर्जरको सम्झौता पत्रमा हस्ताक्षर भएको छ। दुई बैंकबीच बिहीबार होटल याक एण्ड यतिमा मर्जर सम्झौतामा हस्ताक्षर भएको हो । मर्जर सम्झौता पत्रमा  ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाडौंका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् । मर्जर पश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुनेछ ।

साथै सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूको बराबरी १ः१ को स्वाप रेसियो कायम गर्ने दुई बैक बीच सहमति भएको छ ।

दुई बैंक मर्जरपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ । मर्जरपछि पुँजी कोष ५२ अर्ब २९ करोड रुपैयाँको हुने छ । पुँजीका हिसाबले मर्जरपछि सो बैंक नेपालको सबैभन्दा ठूलो बैंक हुने छ । यसभन्दा अघि पनि ग्लोबल आइएमई बैंले जनता बैंकसँग मर्जर गरेको थियो । नेपाल राष्ट्र बैंकले चालु आवमा मर्जर हुने बैंकहरुले मात्रै राष्ट्र बैंकले दिने भनेको सुविधा पाउने भनेर भनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...