त्रिभुवन विमानस्थलमा गरियो विमान दुर्घटना उद्धारको पूर्व अभ्यास



हाम्रो इकोनोमि

 

 

 

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बुधबार विमान दुर्घटना उद्धारको ड्रिल (पूर्व अभ्यास) गरिएको छ । विमान दुर्घटना हुँदा के गर्ने, विमानमा आगो लागेमा कसरी निभाउने, सम्भावित घाइतेको उद्धार कसरी गर्ने भनेर पूर्व अभ्यास गरिएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।
सो क्रममा नेपाली सेना, नेपाल प्रहरी लगायतका सुरक्षा निकाय, स्वास्थ्यकर्मी र अग्नि नियन्त्रकहरुको टोलीले पूर्व अभ्यास गर्नु भएको थियो । जहाज दुर्घटनाको काल्पनिक घटना अनुसार त्यसको प्रतिकार्यको अभ्यास कार्यका लागि आधा घण्टा विमानस्थल बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
विमानस्थल सङ्कटकालीन योजना उक्त अभ्यास गरिँदा आकाशमा कालो धुँवाको मुस्लो देखिएको थियो भने दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधि सक्रिय पारिएको थियो । यसरी गरिएको उक्त पूर्व अभ्यासले एक छिन त साच्चिकै दुर्घटना भयो कि भन्ने भान समेत परेको थियो । विमल विष्ट

 

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...