बेहोस भएपछि मन्त्री वली अस्पतालमा भर्ना



हाम्रो इकोनोमि

 

 

लुम्बिनीकी स्वास्थ्यराज्यमन्त्री विमला खत्री वली बेहोस अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी छन् । हिजो राति दाङबाट बुटवलमा आएकी उनलाई अस्पतालमा भर्ना गरिएको र अवस्था स्थिर रहेको अस्पतालका मेसु डा. इन्द्र ढकालले जानकारी दिए ।

‘केही समयअघि बेहोस अवस्थामा आउनु भएको हो, प्रेसर र सुगरको मात्रा बढी छ, मेडिसिन विभागले हेरेको छ, सबै रिपोर्ट आउँन बाँकी छ, स्लाइन दिएर क्याबिनमा उपचार थालिएको छ’, डा. ढकालले भने ।

हिजो बिहान दाङस्थित एकराज बस्नेतको घरमा उनकी श्रीमती र छोरीमाथि कुटपिट गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेकोमा राति अबेर मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा बुटवलमा ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...