वागमती प्रदेश सरकार फेरिँदैन : मुख्यमन्त्री पाण्डे



हाम्रो इकोनोमि

 

 

 

वाग्मती प्रदेशमा सरकार परिवर्तन हुने चर्चा भइरहेको बेला मुख्यमन्त्री राजेन्द्र पाण्डेले भने केन्द्रको निर्णयले मात्र प्रदेशको समिकरण तलमाथि हुन सक्ने बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालेनै प्रदेश सरकारको नेतृत्व फेरबदल नहुने सार्वजनिक उदघोषण गरिसकेकाले अहिलेनै प्रचार गरिएजस्तो वाग्मती प्रदेश समिकरण नबदलिने दाबी गरे ।

‘प्रधानमन्त्री ज्यूले आफैले प्रदेश सरकार फेरबदल हुँदैन भन्नुभएको छ । त्यसैले अहिले सरकार फेरबदलको संभावना छैन,’ उनले भने । गएको कार्तिकमा यहाँ तीन दल मिलेर नयाँ सरकार गठबन्धनको बनेको थियो । त्यतीबेला, नेकपा एकीकृत समाजवादीले सरकारको नेतृत्व पाएको थियो । पार्टीबाट राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बनेका थिए ।

कार्तिकमा सरकार बन्दा बाँकी रहेको समय आधा आधा अर्थात ६, ६ महिना सरकारको नेतृत्व गर्ने सहमति नेकपा एस र नेपाली कांग्रेसबिच भएको थियो । अहिले नेपाली कांग्रेसले प्रदेशको बजेट पास भएपछि सरकारको नेतृत्व आफूले पाउनुपर्ने माग गरिरहेको छ ।

‘सहमति अनुसार इन्द्र बानियाँ मुख्यमन्त्री बन्नुपर्ने हो । त्यतिबेला ६,६ महिना सरकारको नेतृत्व गर्ने सहमति भएकै हो,’कांग्रेस सांसद समेत रहेका एक प्रदेश भने,‘सहमति अनुसार अब अघि बढ्नुपर्छ । केन्द्रसँग कुराकानी भइरहेको छ ।’ ती मन्त्रीले बजेट पास भएपश्चात् नविन समिकरण बन्नसक्ने बताए । तर मुख्यमन्त्री पाण्डेले भने प्रदेशमा भएको सहमतिले सरकार फेरबदल गर्ने गरी अर्थ नहुने बताए।

नेकपा एसका उपाध्यक्ष समेत रहेका मुख्यमन्त्री पाण्डेले प्रदेशबाट समिकरणको निर्णय हुन नसक्ने बताए । उनले केन्द्रीय गठबन्धनका कारण प्रदेश समिकरण बनेको भन्दै केन्द्रीय नेतृत्वले चाहेमात्र समिकरण परिवर्तन हुने जानकारी दिए । ‘यो प्रदेश सरकार माथिबाट बनेको हो , यहाँबाट बनेको होइन माथिबाट सञ्चालित छ । गठबन्धनको शिर्ष नेताहरूबीच जे सहमति बन्छ त्यसैले यो सरकार समिकरणको आगामी बाटो तय गर्छ, उनले भने ।

प्रतिक्रिया दिनुहोस
राम्रो काम सुरु गर्नासाथ सरकार भत्काइहाल्छन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक कार्यकाल पूरा गर्नको लागि चार...

राष्ट्रिय स्वाधीनता खतरामा छ : वर्षमान पुन

    नेपाली कम्युनिस्ट पार्टी नेता वर्षमान पुनले यतिबेला राष्ट्रिय स्वाधीनता संकटमा रहेको...

एमालेले दैशभरी चुनाव जित्छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेट्न आउनेहरुलाई आफूले मात्र...

डाडापारीमा अमित लामाको ‘कफी र जडिबुटी ड्रिम प्रोजेक्ट’ एमाले प्रवेशको लहरले उत्साहित

    एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १ का उम्मेदवार अमित...