ओली निवास बालकोटमा नारायणकाजीको साढे २ घण्टा



हाम्रो इकोनोमि

 

 

नेपाली राजनीतिमा बेलाबेलामा अनौठो दृष्य देखिने गर्छ । आइतवार दिउसो नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालकोटमा दिउसो त्यस्तै दृष्य देखियो ।

एकीकृत पार्टी नेकपा ताका नै निवासमा कुनै नेता भेटन नजाने भनेर निकै चर्चामा आइरहने नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ अपरान्ह ४ बजे ओली निवास बालकोट आइपुग्नु भयो । एमाले अध्यक्ष ओली आराम गरेपछिको समयको छनक पारेर श्रेष्ठ बालकोट पुग्नुभएको थियो । जतिबेला सचिवालयका सिमित ब्यक्तिबाहेक ओली निवासमा कोही थिएनन ।

बालकोटस्थित सुरक्षास्रोतका अनुसार नेता श्रेष्ठ बालकोट पुगेलगत्तै अध्यक्ष ओलीसँग छलफलमा बस्नुभयो । दुई नेताबीच झण्डै साढे २ घण्टा छलफल भएको छ । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा रहेको माओवादीले संसदबाटै प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणको बिषयलाई लिएर कडा आपत्ति जनाएको छ । त्यत्तिमात्र होइन, भ्रमण नै स्थगित गर्नुपर्ने अडान राखिरहेको छ ।

सत्ता साझेदार दलबीच चर्काे तिक्तता बढिरहेको बेला माओवादी नेता श्रेष्ठ बालकोट पुग्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । ‘उहाँ (श्रेष्ठ) ४ बजे बालकोट आइपुग्नु भएको थियो, लामो छलफल गरेर साढे ६ बजे निस्कनु भयो,’ ओली निकट स्रोतले भन्यो, ‘के कुराकानी भयो ? त्यो भने दुई नेताबीचमै सिमित रहेको छ ।’ स्रोतका अनुसार श्रेष्ठ निस्कदा अनुहारमा निकै चमक देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...