नेपालका विमानस्थल हेर्न लायक र रहरलाग्दा बनाउँछु : मन्त्री आले



 

 

 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका विमानस्थलहरु हेर्न लायक र रहरलाग्दा बनाइने बताउनु भएको छ । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिन भवनको विस्तारित प्रस्थान कक्ष, व्यागेज बेल्टको उद्घाटन तथा टर्मिनल भवन शिलान्यास र विमानस्थल गौचर हाताभित्र बुटिक अबधारणा अनुसार नव निर्मित वाटर फाउन्टेनको उद्घाटन कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले नेपालका विमानस्थलहरुका थप विकास तथा विस्तार गरी आन्तरिक तथा बाह्यि पर्यटक आर्कषित गराउने खालका बनाइने बताउनुभयो ।

उहाँले भन्नुभयो, “विमानस्थलहरुकै बाटो भएर हजारौँ पर्यटक तथा यात्रुहरु ओहर दोहर गर्छन्, तीने विमानस्थल फोहर भए अवस्था के होला । नेपालका सबै विमानस्थलहरुमा थप विकास तथा विस्तार गरी पर्यटक सहित यात्रुहरु लोभिने खालका बनाउछु ।” सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले आफु नागरिकको सेवक भएकाले नागरिक सहित देशकै हितका काममा तल्लिन रहने बताउनुभयो । यसैगरी मन्त्री आलेले यात्रुको पाँच मिनेटमा नै आफ्नो लगेज लिएर जान सक्ने र लगेजका लागि कुर्न नपर्ने गरी स्ट्यान्डर्ड मेन्टेन गर्न पनि कर्मचारीलाई निर्देशन दिनुभयो । टर्मिनल भवन एक वर्षभित्र निर्माण गर्ने ठेक्का लिएको कम्पनीलाई मन्त्री आलेले सकेसम्म नौं महिनाभित्र काम सक्ने वातावण मिलाउन पनि आग्रह गर्नुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र रहेका भौतिक पूर्वाधारहरुको निर्माणसँगै तीनिहरुको उचित सरसफाईदेखि व्यवस्थित बनाउन समेत मन्त्री आलेले आग्रह गर्नुभयो । मन्त्री आलेले आजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तर्फको आगमन टर्मिनल भवन शिलान्यास समेत गर्नु भएको छ । आन्तरिक हवाई यात्रुको सङ्ख्यामा वृद्धि भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक यात्रुका लागि उक्त नयाँ आगमन टर्मिनल भवन निर्माण गर्न लागेको हो ।

एक वर्षमा काम सम्पन्न गरी सक्ने गरी कुल रु पाँच करोडको लागतमा उक्त भवन निर्माण गरिन लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शिविल इन्जिनियरङ शाखाका प्रमुख हरि अधिकारीले जानकारी दिनुभयो । पछिल्लो समयमा थपिँदै गएको आन्तरिक हवाई यात्रुको चापलाई मध्यनजर गर्दै अस्थायी टर्मिनल भवन निर्माण गर्न लागिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताउनुभयो । उक्त भवन निर्माणको जिम्मा ब्राइट मल्टि कन्ट्रक्सनले लिएको छ । उक्त भवन निर्माण पछि यात्रुहरुलाई सहज हुने अपेक्षा लिइएको छ । आन्तरिक क्षेत्रमा ट्याक्सी पार्किङ स्थलमा नयाँ आगमन टर्मिनल भवन बनाइने छ भने हालको टर्मिनल भवनलाई प्रस्थान भवनमा मात्र विकास गरिने भएको छ । सो नयाँ टर्मिनल हल ४१ मिटर लामो र २४ मिटर चौडाइको हुनेछ र करिब ३५ मिटर लामो व्यागेज कन्भेयर बेल्ट (दुईतर्फी व्याग लिन मिल्ने) बेल्ट हुने भएको छ ।

एक छुट्टै प्रसङ्गमा बोल्नु हुँदै मन्त्री आलेले निज गढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रु २६ करोड रुपैयाँ मात्रै बजेट छुट्याएको भन्दै अव्यवहारिक कुरा गर्न नमिल्ने बताएआपत्ति समेत जनाउनु भयो । उहाँले उक्त विमानस्थल निर्माणका लागि रु १ खर्ब २० अर्बको अनुमान गरिएकाले बजेट पर्याप्त नभएको गुनासो समेत गर्नुभयो । सोही प्रसङगमा मन्त्री आलेले निवजढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका विषयमा न्यायपालिकाले कार्यपालिकामाथि हस्तक्षेप गरिरहेको आरोप समेत लगाउनुभयो ।

उहाँले थप भन्नुभयो, “विमानस्थल निर्माणका विषयमा न्यायपालिका द्धारा हस्तक्षेप भयो, अदालतको पूर्ण पाठ आएको छैन, आसा छ पूर्ण पाठमा विमानस्थल निर्माण गर्ने विषय गरिएको फैसलामा संसोधन भएर आउने छ ।” यसैगरी मन्त्री आलेले उक्त विमानस्थल निर्माणमा रु ३ खर्ब र फास्टट्रयाकका लागि रु २ खर्ब खर्च भइसकेको जानकारी दिनु हुँदै मधेशका नागरिकलाई राजधानीसँग जोड्ने हाम्रो चहाना पुरा भएरै छाड्ने दाबी गर्नुभयो । मन्त्री आलेले मधेशी जनता सधैँ रैती हुनुपर्ने अवस्था सिर्जना नगराउन समेत आग्रह गर्नुभयो ।
विमल विष्ट

प्रतिक्रिया दिनुहोस
रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्ने

    सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र

रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्