नेकपा एमाले सचिवालय बैठक जेठ ३० गते



हाम्रो इकोनोमि

 

 

स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्नका लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ३० जेठमा सचिवालय बैठक बोलाएको छ । सो बैठकका छलफलको एजेन्डा तयका गर्नका लागि २९ जेठमा महासचिव शंकर पोखरेलेको नेतृत्वमा केन्द्रीय कार्यालयको बैठक तय भएको छ ।

स्थानीय तह निर्वाचनदेखि आगामी निर्वाचनका बारेमा छलफल गर्नका लागि सचिवालय बैठक बोलाइएको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । २९ गते बस्ने केन्द्रीय कार्यालयको बैठकले थप एजेन्डाहरु तय गर्ने बताइएको छ ।

नेता रिजालका अनुसार गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा प्राप्त मत परिणामदेखि अन्य विषय सचिवालयको बैठकको प्राथमिकतामा पर्नेछन् । स्थानीय तहको निर्वाचनमा ‘अन्तर्घात’ भएकोदेखि उपाध्यक्ष घनश्याम भुसाललाई अनुशासन आयोगले अनुशासन नाघेको भन्दै सोधिएको स्पष्टीकरणलगायत चर्चा चलिरहेको बेला सो बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...