प्रभु बैंक लिमिटेड र होटल ड फ्लेमिङ्गोबिच आकर्षक छुट गर्ने सम्झौता



हाम्रो इकोनोमि

 

 

 

२०७९ जेष्ठ २५ गतेका दिन प्रभु बैंक लिमिटेड र होटल ड फ्लेमिङ्गो प्रा.लि.का बिच होटल ड फ्लेमिङ्गोमा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट मणिग्राम शाखा कार्यालयका प्रमुख श्री सन्तोष खत्री र होटल ड फ्लेमिङ्गो प्रा.लि.का तर्फबाट निर्देशक श्री दिलीप गौचनद्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैंक र होटल ड फ्लेमिङ्गो प्रा.लि. बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले होटल ड फ्लेमिङ्गो प्रा.लि.द्धारा सञ्चालित होटलमा फुड एण्ड वेभरेजमा १० प्रतिशत र लजिङ्ग सुविधामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उत्त सम्झौता अन्तर्गत होटल ड फ्लेमिङ्गो प्रा.लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होटल ड फ्लेमिङ्गो प्रा.लि का सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...