जनता समाजवादी पार्टी फेरी फुटने संकेत



हाम्रो इकोनोमि

 

 

जनता समाजवादी पार्टी (जसपा) मा स्थानीय तहको निर्वाचनलाई लिएर विवाद चर्किएको छ । पार्टीमा निर्वाचनको समीक्षा गर्नुपर्नेमा अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समिति बैठक नै नबोलाएको भन्दै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले असन्तुष्टि जनाएपछि बिवाद सतहमा आएको हो ।

अध्यक्ष यादवले टिकट बाँड्दा संस्थागत निर्णय नगरेको, सत्ता गठबन्धनसँगको निर्णयमा पार्टीमा परामर्श नगरेको, अर्को अध्यक्षमा वरिष्ठ नेता अशोक राईलाई चयन गर्न अनिच्छा देखाएको आरोप भट्टराई पक्षको छ । पार्टीभित्र उत्पन्न असन्तुष्टिका विषयमा छलफल गर्न केन्द्रीय समिति बैठकको माग गर्दै आए पनि अध्यक्ष यादवले बेवास्ता गरेको पनि सो पक्षको भनाई छ । जसपाले स्थानीय तहको निर्वाचन समीक्षा जिल्लाबाट संकलन गर्न असार १५ सम्म म्याद तोकेको छ ।

पार्टीभित्र सामूहिक निर्णय गर्न गत फागुन ३० मा केन्द्रीय समितिले संघीय परिषद् अध्यक्ष भट्टराई, कार्यकारिणी अध्यक्ष यादव र वरिष्ठ नेता राई रहेको ‘मुख्यालय’ गठन गरेको थियो । तर निर्णय अध्यक्ष यादवले एकलौटी रूपमा गर्दै आएको आरोप लगाइएको छ । भट्टराई पक्षले यादवकै कारण जित्ने क्षेत्र पनि हारेको बताउँदै आएको छ ।

गठबन्धन र चुनावको टिकट वितरणका विषयमा जसपाभित्र ठाउँ–ठाउँमा विवाद भइरहेको छ । धनुषामा मंगलबार भएको चुनावी समीक्षामा दुई पक्षबीच कुटाकुट नै भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...