अमेरिकी सेनाका प्यासिफिक कमान्डर काठमाडौंमा



हाम्रो इकोनोमि

 

 

अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमाण्डका जनरल चार्ल्स ए फ्लायन नेपाल आएका छन् । केही बेरअघि उनी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् ।

उनलाई नेपाली सेनाका लेफ्टिनेन्ट जनरल बालकृष्ण कार्कीले विमानस्थलमा स्वागत गरे । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधान सेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणको तयारी भइरहेका बेला अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमाण्डका जनरल चार्ल्स ए फ्लायन नेपाल आएका हुन् ।

नेपाली सेनाले शुक्रबार फ्लायनलाई गार्ड अफ अनर दिने सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए । फ्लायनका लागि शुक्रबार रात्रिभोजको आयोजना गरिनेछ । शनिबार माउन्टेन फ्लाइटमार्फत उनले सगरमाथाको अवलोकन गर्ने छन् ।

आइतबार पाँचखालस्थित वीरेन्द्र सैनिक शान्ति कार्य तालिम केन्द्र शिवपुरीस्थित कमान्ड एन्ड स्टाफ तालिम केन्द्रको अवलोकन गरी उनी सोही दिन उनी स्वदेश फर्कनेछन् । फ्लायन सैनिक विमानमै आउने तालिका रहेपनि प्रतिकूल मौसमका कारण सिभिल विमानमा नेपाल आएको बताइएको छ ।

एमसीसी सम्झौता संसदबाट अनुमोदन भएसँगै अमेरिकी उच्च अधिकारीहरूको नेपाल आगमन बाक्लिरहेको छ । यसअघि अमेरिकी उपविदेश मन्त्री नेपाल भ्रमण गरेर फर्किएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
राम्रो काम सुरु गर्नासाथ सरकार भत्काइहाल्छन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक कार्यकाल पूरा गर्नको लागि चार...

राष्ट्रिय स्वाधीनता खतरामा छ : वर्षमान पुन

    नेपाली कम्युनिस्ट पार्टी नेता वर्षमान पुनले यतिबेला राष्ट्रिय स्वाधीनता संकटमा रहेको...

एमालेले दैशभरी चुनाव जित्छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेट्न आउनेहरुलाई आफूले मात्र...

डाडापारीमा अमित लामाको ‘कफी र जडिबुटी ड्रिम प्रोजेक्ट’ एमाले प्रवेशको लहरले उत्साहित

    एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १ का उम्मेदवार अमित...