ठुला-ठुला जलविद्युत आयोजना भारतीय कम्पनीलाई बेच्दै देउवा



हाम्रो इकोनोमि

 

 

नेपालले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी एनएचपीसीलाई दिने भएको छ । लगानी बोर्डको ५१औं बैठकले सो निर्णय गरेको हो ।

प्रधामन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको बोर्ड बैठकले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत र ४५० मेगावाटको सेती नदी ६ जलविद्युत आयोजना भारत सरकारको स्वामित्वमा रहेको एनएचपीसी लिमिटेडलाई दिने निर्णय गरेको हो । एनएचपीसी लिमिटेड भारत सरकारको पावर मन्त्रालयको स्वामित्वमा रहेको भारतीय सरकारको जलविद्युत बोर्ड हो । जुन सन् १९७५ मा स्थापना भएको थियो ।

चिनियाँ कम्पनी थ्री गर्जेज इन्टरनेशनल कर्पोरेशनसँगको ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनाको सम्झौता तोडेपछि लगानीकर्ताको खोजी भइरहेको थियो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला थ्री गर्जेजलाई निर्माण गर्न दिने समझदारी भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनाबारे सम्झौताको तयारी थियो । तर, तयारी पुरा नभएकाले त्यो हुन नपाएपछि लगानी बोर्डको बैठकमार्फत सो निर्णय भएको हो ।

चिनियाँ कम्पनीले निर्माण जिम्मा दिएपछि भारतले चीनले निर्माण गरेको विद्युत खरिद गर्न इन्कार गरिरहेको थियो । अब भने ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी ६ जलविद्युत आयोजना निर्माणको जिम्मा भारतले नै पाएको छ । पश्चिम सेती र सेती नदी ६ आयोजना सार्वजनिक निजी साझेदारी मोडलको निर्माण हुनेछ ।

यी दुई आयोजना निर्माणका लागि २ अर्ब ४० करोड ७० लाख अमेरिकी डलर लाग्ने सम्भाव्यता अध्ययनले देखाएको छ । पश्चिम सेतीको १ अर्ब ४८ करोड डलर र सेती नदी- ६ ९२ करोड ७० लाख डलर लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...