ठुला-ठुला जलविद्युत आयोजना भारतीय कम्पनीलाई बेच्दै देउवा



हाम्रो इकोनोमि

 

 

नेपालले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी एनएचपीसीलाई दिने भएको छ । लगानी बोर्डको ५१औं बैठकले सो निर्णय गरेको हो ।

प्रधामन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको बोर्ड बैठकले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत र ४५० मेगावाटको सेती नदी ६ जलविद्युत आयोजना भारत सरकारको स्वामित्वमा रहेको एनएचपीसी लिमिटेडलाई दिने निर्णय गरेको हो । एनएचपीसी लिमिटेड भारत सरकारको पावर मन्त्रालयको स्वामित्वमा रहेको भारतीय सरकारको जलविद्युत बोर्ड हो । जुन सन् १९७५ मा स्थापना भएको थियो ।

चिनियाँ कम्पनी थ्री गर्जेज इन्टरनेशनल कर्पोरेशनसँगको ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनाको सम्झौता तोडेपछि लगानीकर्ताको खोजी भइरहेको थियो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला थ्री गर्जेजलाई निर्माण गर्न दिने समझदारी भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनाबारे सम्झौताको तयारी थियो । तर, तयारी पुरा नभएकाले त्यो हुन नपाएपछि लगानी बोर्डको बैठकमार्फत सो निर्णय भएको हो ।

चिनियाँ कम्पनीले निर्माण जिम्मा दिएपछि भारतले चीनले निर्माण गरेको विद्युत खरिद गर्न इन्कार गरिरहेको थियो । अब भने ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी ६ जलविद्युत आयोजना निर्माणको जिम्मा भारतले नै पाएको छ । पश्चिम सेती र सेती नदी ६ आयोजना सार्वजनिक निजी साझेदारी मोडलको निर्माण हुनेछ ।

यी दुई आयोजना निर्माणका लागि २ अर्ब ४० करोड ७० लाख अमेरिकी डलर लाग्ने सम्भाव्यता अध्ययनले देखाएको छ । पश्चिम सेतीको १ अर्ब ४८ करोड डलर र सेती नदी- ६ ९२ करोड ७० लाख डलर लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...