प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको राजीनामा माग



हाम्रो इकोनोमि

 

 

प्रमुख विपक्षी नेकपा एमालेका सांसद लालबहादुर थापाले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित तीनजना आयुक्तको राजीनामा माग गरेका छन् । बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गराउने निर्णय निर्वाचन आयोगकै छानबिन समितिको सुझावविपरीत सत्तापक्षको प्रभावमा परेर गरिएको भन्दै मतगणना अघि बढाउन समेत माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरूमै सभामुखसँग समय लिएर बोल्दै सांसद थापाले बाजुरामा सत्तापक्षले प्रहरी प्रशासनमार्फत नै बुथ कब्जा गरेको र प्रतिकूल ठाउँमा मतदान गर्न नदिएर धाँधली गरेको आरोप लगाए । थापाले सत्तापक्षको कब्जाका बाबजुद बाजुरामा एमाले पहिलो दल बनिसकेको भन्दै बुढीगंगा नगरपालिकाको वडा नम्बर २, ३, ५ र ९ मा सत्तापक्षले योजनाबद्धरुपमा पुनः मतदानको निर्णय गराएको बताए ।

थापाले भने, ‘यो घृणित कार्यमा संलग्न गृहमन्त्री, आईजीपीको राजीनामा र अरुमाथि कारबाहीको माग गर्छु । राजनीतिक जालझेल षड्यन्त्रमा परेर निर्वाचन आयोगको बहुमतको आधारमा पुनः मतदानको निर्णय गराएकोमा प्रमुख आयुक्त दिनेश थपलिया र आयुक्त रामप्रसाद भण्डारी तथा ईश्वरी पौडेलको राजीनामा माग गर्दछु ।’

मतदान अधिकृतले पुनः मतदानको सिफारिस नभएको भन्दै सांसद थापाले निर्वाचन आयोगको छानविन समितिको निर्णयअनुसार मतगणना गरेर संवैधानिक मर्यादा कायम गर्न प्रमुख आयुक्तलाई आग्रह गरेका छन् ।

थापाले बुढीगंगामा प्रधानमन्त्री शेरवहादुर देउवा वा निर्वाचन आयोगका प्रमुख आयुक्त थपलिया नै निर्वाचन अधिकृत भएर मतदान गराउन चुनौतीसमेत दिएका छन् । उनले निर्वाचन आयोगको गलत निर्णय कुनै पनि हालतमा कार्यान्वयन हुन नसक्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...