प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको राजीनामा माग



हाम्रो इकोनोमि

 

 

प्रमुख विपक्षी नेकपा एमालेका सांसद लालबहादुर थापाले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित तीनजना आयुक्तको राजीनामा माग गरेका छन् । बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गराउने निर्णय निर्वाचन आयोगकै छानबिन समितिको सुझावविपरीत सत्तापक्षको प्रभावमा परेर गरिएको भन्दै मतगणना अघि बढाउन समेत माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरूमै सभामुखसँग समय लिएर बोल्दै सांसद थापाले बाजुरामा सत्तापक्षले प्रहरी प्रशासनमार्फत नै बुथ कब्जा गरेको र प्रतिकूल ठाउँमा मतदान गर्न नदिएर धाँधली गरेको आरोप लगाए । थापाले सत्तापक्षको कब्जाका बाबजुद बाजुरामा एमाले पहिलो दल बनिसकेको भन्दै बुढीगंगा नगरपालिकाको वडा नम्बर २, ३, ५ र ९ मा सत्तापक्षले योजनाबद्धरुपमा पुनः मतदानको निर्णय गराएको बताए ।

थापाले भने, ‘यो घृणित कार्यमा संलग्न गृहमन्त्री, आईजीपीको राजीनामा र अरुमाथि कारबाहीको माग गर्छु । राजनीतिक जालझेल षड्यन्त्रमा परेर निर्वाचन आयोगको बहुमतको आधारमा पुनः मतदानको निर्णय गराएकोमा प्रमुख आयुक्त दिनेश थपलिया र आयुक्त रामप्रसाद भण्डारी तथा ईश्वरी पौडेलको राजीनामा माग गर्दछु ।’

मतदान अधिकृतले पुनः मतदानको सिफारिस नभएको भन्दै सांसद थापाले निर्वाचन आयोगको छानविन समितिको निर्णयअनुसार मतगणना गरेर संवैधानिक मर्यादा कायम गर्न प्रमुख आयुक्तलाई आग्रह गरेका छन् ।

थापाले बुढीगंगामा प्रधानमन्त्री शेरवहादुर देउवा वा निर्वाचन आयोगका प्रमुख आयुक्त थपलिया नै निर्वाचन अधिकृत भएर मतदान गराउन चुनौतीसमेत दिएका छन् । उनले निर्वाचन आयोगको गलत निर्णय कुनै पनि हालतमा कार्यान्वयन हुन नसक्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...