पार्टीभित्रका केही चिप्लेहरू आफूविरुद्ध लागेको मन्त्री आलेको आरोप



हाम्रो इकोनोमि

 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले आफ्नै पार्टीका केही नेताहरूप्रति आक्रोशित बनेका छन् । पार्टीभित्रका केही नेतालाई चिप्ले कीरा र चिप्ले चोरको संज्ञा दिँदै मन्त्री आलेले आफूविरुद्ध अन्तर्वार्ता दिएर बदनाम गर्न खोजेको आरोप लगाए । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले आफू मन्त्री छाड्न तयार रहेको बताए ।

मन्त्री आलेले आफूहरू ६ महिनाका लागि मन्त्री बनेको तर यसबीचमा २ महिना ग्रेस मार्कसमेत पाएर ८ महिना सरकारमा बसिसकेको भन्दै अरुलाई मौका दिँदा आफू खुसी हुने जानकारी अध्यक्ष माधव नेपाललाई गराइसकेको बताए ।

आलेले भने, ‘हामी त्यहीबेला ६ महिनाका लागि मन्त्री भएको हो तर अहिले त आठ महिना भइसक्यो । दुई महिना त ग्रेस मार्क पाइसक्यौं । मैले अरुलाई दिनुस् खुसी हुन्छु भनेँ । तर, हाम्रो पार्टीभित्रका चिप्ले चोरहरू, चिप्ले कीराहरु आलेले धेरै चलखेल गर्‍यो भनेर अन्तर्वार्ता दिइरहेका छन् ।’

मन्त्री आलेले आफू जति दिन कुर्सीमा बसे पनि देश र जनताको शिर झुक्न नदिने गरी काम गर्ने भन्दै पशुपति क्षेत्रको संरक्षणमा एक सय किलोको मन्त्री सधैँ साथमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

हेटौंडा बजारको घरटहरामा भोलिबाट डोजर चलाउने तयारी

   हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र...