काठमाडौंको फोहोर बोकेर पुगेका ट्रकलाई बन्चरेका स्थानीयले रोके



हाम्रो इकोनोमि

 

 

काठमाडौंबाट फोहोर बोकेर पुगेका ट्रकलाई बन्चरेडाँडाका स्थानीयले रोकेका छन् । काठमाडौं महानगर, सहरी विकास मन्त्रालय, नुवाकोटको ककनी, धादिङको धुनिवेशीलगायत स्थानीय तहका जनप्रतिनिधिबीच सोमबार फोहोर व्यवस्थापन गर्ने सहमति भएको थियो ।

उक्त सहमति नमान्ने भन्दै स्थानीय बासिन्दाले धुनिवेशीमा अवरोध गरेको काठमाडौं महानगरपालिकाकी वातावरणीय विभाग प्रमुख सरिता राईले बताइन् । सहरी विकास मन्त्रालयमा सोमबार अबेरसम्म भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापन गर्न सहमति भएको थियो ।

सिसडोल र बञ्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको वार्ताले स्थानीयका माग सम्बोधन गर्न समय तालिकासहित प्रतिबद्धतापत्र जारी गरेको थियो । तर बिहानै त्यहाँ पुगेका गाडीहरूबाट स्थानीयले फोहोर विसर्जन गर्न दिएनन् । ‘यहाँ पहिले पनि स्थानीयले फोहोर रोक्दै आएका थिए, आज पनि हामीसँग सहमति भएको छैन भन्दै अवरोध गरेका छन्,’ उनले भनिन्।

प्रतिक्रिया दिनुहोस
राम्रो काम सुरु गर्नासाथ सरकार भत्काइहाल्छन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक कार्यकाल पूरा गर्नको लागि चार...

राष्ट्रिय स्वाधीनता खतरामा छ : वर्षमान पुन

    नेपाली कम्युनिस्ट पार्टी नेता वर्षमान पुनले यतिबेला राष्ट्रिय स्वाधीनता संकटमा रहेको...

एमालेले दैशभरी चुनाव जित्छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेट्न आउनेहरुलाई आफूले मात्र...

डाडापारीमा अमित लामाको ‘कफी र जडिबुटी ड्रिम प्रोजेक्ट’ एमाले प्रवेशको लहरले उत्साहित

    एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १ का उम्मेदवार अमित...