एमसीसी सम्झौता बिरद्ध विप्लवको पार्टीले आन्दोलनको घोषणा गर्‍यो



हाम्रो इकोनोमि

 

 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । एमसीसी सम्झौता, महँगी, किसानका मलबीउ समस्यालगायतका विषय उठाउँदै जेठ २५ देखि असार ५ सम्म विभिन्न संघर्षका कार्यक्रम घोषणा गरिएको प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् ।

घोषित कार्यक्रम अनुसार राजमार्गमा विरोध प्रदर्शन, एमसीसी कार्यालय र जिल्ला सदरमुकाममा घेराउ र प्रदर्शन, बन्दी रिहाइको पक्षमा मशाल जुलुस, महँगीविरुद्ध देशव्यापी प्रदर्शन छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्टबाट धर्मेन्द्र बास्कोटा, हेमन्तप्रकाश वलीलगायत अलग्गिएर नेकपा (बहुमत) बनाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाउने तयारी

     नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको...

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...