एमाले सरकार परिवर्तनको खेलमा छैन : महासचिव पोखरेल



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार परिवर्तनको खेलमा एमाले नलागेको बताउनुभएको छ।उहाँले यतिबेला एमाले सरकार परिवर्तनका खेलमा नलागेको बताउनुभएको हो ।

‘यतिबेला नेकपा एमाले सरकार परिवर्तनको खेलमा छैन,’ उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुट्दैछौं।’फरक प्रसंगमा महासचिव पोखरेलले त्रिभुवन विश्वविद्यालयमा नेविसंघले तालाबन्दी गरेकोमा सरकारको ध्यान नपुगेको उल्लेख गर्नुभएको छ ।नेविसंघले असान्दर्भिक माग राखेर त्रिविको पदाधिकारीका कार्यकक्षमा ताला लगाएको आरोप उहाँको छ।

नेविसंघले गत माघ ७ गतेदेखि लगाएको ताला बुधबार नेकपा (क्रान्तिकारी) ले फुटाएपछि बिहीबार पुन: तालाबन्दी गरेको थियो।यसैबीच नेविसंघले नेपाल संस्कृत विश्वविद्यालय र अनुसन्धान केन्द्रमा पनि तालाबन्दी गरेको छ। ‘असान्दर्भिक माग राखेर सत्तापक्षका विद्यार्थी संगठनले विश्वविद्यालयहरूमा तालाबन्दी गरेको लामो समय भयो,’ उहाँले भन्नुभएको छ, ‘सरकार थाह नपाएझैँ चीरनिद्रामा छ। झकझक्याउ।’

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...